घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटकहरु

Published on

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रका डाँडापाखा फुलेको लालीगुराँसले छोपिन थालेका छन्। लालीगुराँसले डाँडापाखा रमणीय देखिन थालेपछि आन्तरिक एवम् बाह्य पर्यटकको घोडेपानीमा चहलपहल बढेको छ।

नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन्। वसन्त ऋतुमा पाखाभरि ढकमक्क फुल्ले लालीगुराँसले पुनहिल क्षेत्र मनमोहक देखिन्छ। तीन महिना सुनसान बनेको यो क्षेत्र फागुनको दोस्रो सातादेखि पर्यटकको चहलपहल सुरु भएको छ। दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको घोडेपानीका होटल व्यवसायी डम्बरबहादुर गर्बुजाले बताउनुभयो। वैशाखको पहिला सातामा डाँडापाखा लालीगुराँसले अझै ढकमक्क भएर सुन्दर देखिने उहाँले बताउनुभयो। सूर्योदय, हिमशृङ्खलाको दृश्य र गुराँसको जङ्गल अवलोकनका लागि दैनिक एक सयदेखि एक सय ५० जना विदेशी पर्यटक पुनहिल जाने गरेको पुनहिलमा टिकटको व्यवस्थापन गर्दै आउनुभएका अमृत पुनले जानकारी दिनुभयो।

घोडेपानीको भ्रमणमा पहिलो पटक आउनुभएका जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले घोडेपानी निकै रमाइलो भएको सुनाउनुभयो। समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। पुनहिलबाट एक दर्जनभन्दा बढी हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको दृश्यावलोकन गर्न पाइन्छ। घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...