बहराइन र नेपाल भिड्दै

Published on

काठमाडौं । फिफा विश्वकप–२०२६ र एएफसी एसिएन कप छनोटको दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहीबार) राति बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल बहराइनको राष्ट्रिय रङ्गशालमा नेपाली समयअनुुसार राति १२.४५ बजे सुरु हुनेछ ।

नेपालले घरेलु मैदान दशरथ रङ्गशालामा खेल्नुपर्ने पहिलो खेल पनि बहराइनमै खेल्न लागेको हो । दशरथ रङ्गशाला मैदान खेलका लागि उपयुक्त नभएकोले नेपालले बहराइनसँगको होम र अवे दुवै खेल उसैको मैदाननमा खेल्न लागेको हो । नेपालले दोस्रो लेग चैत १३ गते खेल्नेछ । विश्वकप छनोटअन्तर्गत एसियाली छनोटको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार खेपेको थियो । नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपालले पहिलो चरणको खेलमा भने लाओसलाई समग्रमा १–० गोलले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । नेपाल बहराइनसँग खेल्नुअघि मलेसियासँग उसैको मैदानमा खेलेर बहराइन गएको हो । नेपाल मलेसियासँगको मैत्रीपूर्ण खेलमा ५–१ गोलले पराजित भएको थियो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...