दैनिकी तमोर कोरिडोरले बदल्दै

Published on

काठमाडौं । निर्माणाधीन तमोर कोरिडोरका कारण धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको कोरिडोरबाट पाँचथर र ताप्लेजुङ जिल्लासम्म जाने गरेका छन् ।

तराईबाट यी दुई जिल्लासम्म जान कोरिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीको चाप बढ्दो व्रmममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै कोरिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फ उन्मुख हुन थालेका छन् । विव्रmम संवत् २०७० मा यस स्थानमा कोरिडोर आइपुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे वडा नं। ५ हङ्समोरङ बेँसीकी रूपादेवी दाहालले जानकारी दिनुभयो । आफूसंँग भएको तीन रोपनी जमिनबाट जीवनयापन असहज भइरहेको बेला कोरिडोरको व्यापारले तीन जनाको परिवारको जीवनयापनमा सहज भएको उहाँको भनाइ छ । स्थानीय खेम न्यौपाने पनि गत सालदेखि कृषि पेसा छाडेर सानो किराना पसल र होटल सञ्चालन गर्दै आउनुभएको छ । गत वर्षदेखि पाँच लाख रुपियाँ लगानीमा व्यवसाय सुरु गरेको बताउनुहुने न्यौपानेले मासिक ४० हजार रुपियाँसम्म कमाइ हुने गरेको जानकारी दिनुभयो । पहिला कृषि पेसाबाट जीवनयापन असहज भएपछि वैदेशिक रोजगारीमा जानुभएका न्यौपानेले कोरिडोरमा चहलपहल बढेपछि व्यापारमा लागेको बताउनुभयो । पहिला बजार नपाएर यहाँका उत्पादन खेर जान्थे । कोरिडोर बनेपछि त्यही उत्पादनबाट स्थानीयले मनग्गे आम्दानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले तमोर कोरिडोरआसपासका अन्यले पनि कसैले होटल त कसैले किराना पसल सुरु गरेका छन् । कृषि पेसा गर्नेले समेत राम्रो आम्दानी गर्न थालेका छन् । कोरिडोरका कारण चौबिसे गाउँपालिका वडा नं। ५ भैँसेटारको २६ घर माझी परिवारको जीवनमा पनि सहजता आउन थालेको छ । पुख्र्र्यौली पेसाका रूपमा माछा मार्ने र खेतीपाती गर्दै आएका सो क्षेत्रका माझी पसल गर्ने, सवारीसाधनमा काम गर्नेतर्फ अग्रसर रहेको स्थानीय राजन माझीले जानकारी दिनुभयो । कोरिडोरमा दैनिक दुई सय वटा भन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले आफूहरूले तमोर नदीमा मारेको माछासमेत तत्काल र उचित मूल्यमा बिक्ने गरेको उहाँले बताउनुभयो । “पहिला मारेको माछा कहिले बिक्ला भनेर सुकाएर राख्नुपथ्र्यो,” उहाँले भन्नुभयो, “अहिले तुरुन्त बिक्छ, हामीलाई जीवन चलाउन धेरै राहत भएको छ ।”

भारतको जोगबनीदेखि चीनको ओलाङ्चुङगोला जोड्ने २५४ किमि कोरिडोरको धनकुटाको मूलघाट–पाँचथर सडकखण्ड अहिले ग्राभेल भएर कालोपत्रेको चरणमा छ । यो सडकमा भविष्य देखेर स्थानीय मात्रै नभई बाहिरबाट समेत व्यापारी आएर होटल, किरानालगायतका व्यापार व्यवसाय गर्न थालेका छन् । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...