दैनिकी तमोर कोरिडोरले बदल्दै

Published on

काठमाडौं । निर्माणाधीन तमोर कोरिडोरका कारण धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको कोरिडोरबाट पाँचथर र ताप्लेजुङ जिल्लासम्म जाने गरेका छन् ।

तराईबाट यी दुई जिल्लासम्म जान कोरिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीको चाप बढ्दो व्रmममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै कोरिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फ उन्मुख हुन थालेका छन् । विव्रmम संवत् २०७० मा यस स्थानमा कोरिडोर आइपुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे वडा नं। ५ हङ्समोरङ बेँसीकी रूपादेवी दाहालले जानकारी दिनुभयो । आफूसंँग भएको तीन रोपनी जमिनबाट जीवनयापन असहज भइरहेको बेला कोरिडोरको व्यापारले तीन जनाको परिवारको जीवनयापनमा सहज भएको उहाँको भनाइ छ । स्थानीय खेम न्यौपाने पनि गत सालदेखि कृषि पेसा छाडेर सानो किराना पसल र होटल सञ्चालन गर्दै आउनुभएको छ । गत वर्षदेखि पाँच लाख रुपियाँ लगानीमा व्यवसाय सुरु गरेको बताउनुहुने न्यौपानेले मासिक ४० हजार रुपियाँसम्म कमाइ हुने गरेको जानकारी दिनुभयो । पहिला कृषि पेसाबाट जीवनयापन असहज भएपछि वैदेशिक रोजगारीमा जानुभएका न्यौपानेले कोरिडोरमा चहलपहल बढेपछि व्यापारमा लागेको बताउनुभयो । पहिला बजार नपाएर यहाँका उत्पादन खेर जान्थे । कोरिडोर बनेपछि त्यही उत्पादनबाट स्थानीयले मनग्गे आम्दानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले तमोर कोरिडोरआसपासका अन्यले पनि कसैले होटल त कसैले किराना पसल सुरु गरेका छन् । कृषि पेसा गर्नेले समेत राम्रो आम्दानी गर्न थालेका छन् । कोरिडोरका कारण चौबिसे गाउँपालिका वडा नं। ५ भैँसेटारको २६ घर माझी परिवारको जीवनमा पनि सहजता आउन थालेको छ । पुख्र्र्यौली पेसाका रूपमा माछा मार्ने र खेतीपाती गर्दै आएका सो क्षेत्रका माझी पसल गर्ने, सवारीसाधनमा काम गर्नेतर्फ अग्रसर रहेको स्थानीय राजन माझीले जानकारी दिनुभयो । कोरिडोरमा दैनिक दुई सय वटा भन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले आफूहरूले तमोर नदीमा मारेको माछासमेत तत्काल र उचित मूल्यमा बिक्ने गरेको उहाँले बताउनुभयो । “पहिला मारेको माछा कहिले बिक्ला भनेर सुकाएर राख्नुपथ्र्यो,” उहाँले भन्नुभयो, “अहिले तुरुन्त बिक्छ, हामीलाई जीवन चलाउन धेरै राहत भएको छ ।”

भारतको जोगबनीदेखि चीनको ओलाङ्चुङगोला जोड्ने २५४ किमि कोरिडोरको धनकुटाको मूलघाट–पाँचथर सडकखण्ड अहिले ग्राभेल भएर कालोपत्रेको चरणमा छ । यो सडकमा भविष्य देखेर स्थानीय मात्रै नभई बाहिरबाट समेत व्यापारी आएर होटल, किरानालगायतका व्यापार व्यवसाय गर्न थालेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...