दाङमा बढ्दै डेङ्गुका बिरामी

Published on

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल र लमहीमा रहेको लमही अस्पताल तथा स्वास्थ्य केन्द्रमा पनि डेङ्गुका बिरामी उपचारका लागि आउने गरेका छन् । मनसुन सुरु भएदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पतालमा मात्रै २१ जना डेङ्गु पोजेटिभ बिरामी देखिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असारमा ११ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यही साउन ८ सम्म थप छ जनामा डेङ्गु देखा परेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्ने क्रममा छ ।

राप्ती प्रादेशिक अस्पतालमा मनसुन सुरु भएयता डेङ्गु सङ्क्रमण भएका दुई जनाको भर्ना नै गरेर उपचार गर्नु परेको छ । घोराही र तुलसीपुरमा जस्तो लमहीमा बिरामी नदेखिएको लमही अस्पतालले जनाएको छ । लमही अस्पतालमा मनसुन सुरु भएयता दुई जनामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार असार महिनामा अस्पतालमा दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । साउनमा भने देखिएको छैन तर बढ्न सक्ने जोखिम रहेको छ ।

वर्षासँगै डेङ्गु गराउने लामखुट्टे बढ्न थालेकाले सङ्क्रमण बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विशेष गरी बजार क्षेत्रमा जथाभाबी रूपमा फालिएका सामग्रीमा पानी जम्ने र त्यसबाट लामखुट्टेबाट रोग सार्ने जोखिम बढी हुने गरेको छ । स्वास्थ्य कार्यालयले लमही, घोराही, तुलसीपुरलगायत बजार क्षेत्रमा सफा पानी जम्मा हुने गमला, पानी ट्याङ्की, टायर, टिन जस्ता ठाउँमा डेङ्गु सङ्क्रमण गराउने लामखुट्टे पाइने भएकाले पानी जम्न नदिन आग्रह गरेको छ । आर्थिक वर्ष २०७९\८० मा समुदायमै डेङ्गु फैलिँदा दुई हजार चार सय पाँच जना बिरामी परेका थिए । एक जनाको ज्यान गएको थियो । आव २०८०\८१ मा करिब चार सय जनामा डेङ्गु देखिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...