४६ बालबन्दीले दिए बाँकेबाट एसइई परीक्षा

Published on

काठमाडौं । विहिबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा एसइईमा बाँकेबाट दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबन्दीहरु सहभागी भएका छन् । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बालसुधार गृहमा रहेका ४६ जना बालबन्दीहरु यस पटकको एसइईमा सहभागी भएका हन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरलका अनुसार डुडुवाको जयन्दु बाल सुधारगृहबाट ३४ जना र नौबस्ता बाल सुधारगृहबाट १२ जना बालबन्दी गरेर ४६ जना परीक्षामा सहभागी भएका छन् । सोही प्रकारले नेपालगन्जस्थित बाँके कारगारबाट पनि एक कैदी बन्दीले समेत एसइई दिईरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो। उहाँले बाँकेमा पहिलो दिनको परीक्षा निकै शान्तीपुर्ण र मर्यादित तरिकाले भएको जनाउँदै परीक्षालाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको कडा प्रबन्ध मिलाउनुका साथै अनुगमन र निरिक्षण पनि निरन्तर गरिएको बताउनुभयो ।

परीक्षालाई स्वच्छ र निष्पक्ष बनाउन सुरक्षाकर्मीको रोहबरमा मात्र प्रश्न पत्र खोलिएको र परीक्षा अवधी भर विद्यार्थि र निरिक्षक दुबैलाई परीक्षास्थलमा मोबाइल प्रयोग गर्न नदिने व्यवस्था मिलाईएको प्रजिअ पोखरेलले बताउनुभयो । बाँके जिल्लामा ३४ वटा परीक्षा केन्द्रमार्फत नौ हजार २९३ जना परीक्षार्थिहरु परीक्षामा सहभागि भएको जनाइएको छ । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...