चिकित्सकको टोली हिमालमा

Published on

काठमाडौं । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त ऋतु सुरु भएसँगै पर्वतीय पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै सङ्घले स्वदेशी र विदेशी चिकित्सकको टोली खटाएको हो ।

सङ्घका पूर्वअध्यक्ष हरि धरेलले समग्र पर्वतीय पर्यटनको विकास र विस्तार गर्दै सरकारसँगको सहकार्यमा विगतमा जस्तै हिमाली क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सकको टोली खटाएको बताउनुभयो । “सङ्घले वसन्त र शरद ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विगत लामो समयदेखि हिमालमा चिकित्सकको टोली खटाउँदै आएको छ । अनावश्यक उद्धार रोक्न र मानवीय जोखिम कम गर्न सङ्घले चिकित्सकको टोली खटाउँदै आएको हो,” उहाँले भन्नुभयो । सङ्घले गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अर्थ मन्त्रालयसँगको समन्वयमा उच्च हिमाली क्षेत्रमा चिकित्सकीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँले सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुको फेरिचे र मनाङको मनाङ गाउँमा स्वास्थ्य सेवा प्रदान गर्ने बताउनुभयो ।

त्यस्तै उहाँका अनुसार जनैपूर्णिमाको मेला भर्न गएका तीर्थयात्रीलाई लक्षित गरेर हरेक वर्ष गोसाइँकुण्डमा पनि स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । तीन वटै स्थानमा चार चार जना स्वदेशी र विदेशी चिकित्सक टोली परिचालन भएको जानकारी दिँदै उहाँले स्वदेशी पदयात्रीको निःशुल्क र विदेशी पदयात्रीले केही शुल्क तिर्ने गरेको बताउनुभयो । यस सेवाबाट पर्वतीय पदयात्री तथा आधारशिविरमा बसोबास गर्दै आएका स्थानीयसमेत लाभान्वित हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...