चिकित्सकको टोली हिमालमा

Published on

काठमाडौं । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त ऋतु सुरु भएसँगै पर्वतीय पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै सङ्घले स्वदेशी र विदेशी चिकित्सकको टोली खटाएको हो ।

सङ्घका पूर्वअध्यक्ष हरि धरेलले समग्र पर्वतीय पर्यटनको विकास र विस्तार गर्दै सरकारसँगको सहकार्यमा विगतमा जस्तै हिमाली क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सकको टोली खटाएको बताउनुभयो । “सङ्घले वसन्त र शरद ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विगत लामो समयदेखि हिमालमा चिकित्सकको टोली खटाउँदै आएको छ । अनावश्यक उद्धार रोक्न र मानवीय जोखिम कम गर्न सङ्घले चिकित्सकको टोली खटाउँदै आएको हो,” उहाँले भन्नुभयो । सङ्घले गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अर्थ मन्त्रालयसँगको समन्वयमा उच्च हिमाली क्षेत्रमा चिकित्सकीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँले सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुको फेरिचे र मनाङको मनाङ गाउँमा स्वास्थ्य सेवा प्रदान गर्ने बताउनुभयो ।

त्यस्तै उहाँका अनुसार जनैपूर्णिमाको मेला भर्न गएका तीर्थयात्रीलाई लक्षित गरेर हरेक वर्ष गोसाइँकुण्डमा पनि स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । तीन वटै स्थानमा चार चार जना स्वदेशी र विदेशी चिकित्सक टोली परिचालन भएको जानकारी दिँदै उहाँले स्वदेशी पदयात्रीको निःशुल्क र विदेशी पदयात्रीले केही शुल्क तिर्ने गरेको बताउनुभयो । यस सेवाबाट पर्वतीय पदयात्री तथा आधारशिविरमा बसोबास गर्दै आएका स्थानीयसमेत लाभान्वित हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...