नेपालगन्जमा भव्य स्वागत कांग्रेस सभापति देउवाको

Published on

काठमाडौं । नेपाली कांंग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नेपालगन्जमा भव्य स्वागत गरिएको छ । कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गर्न दाङको अमिलिया जानका लागि शुक्रबार नेपालगन्ज विमानस्थलमा पुग्नु भएका कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाको नेपाली कांग्रेस बाँकेले भव्य स्वागत गरेको हो ।

विमानस्थलमा सयौं नेता कार्यकर्ताले सभापति देउवा लगायत कांग्रेस सह–महामन्त्री महालक्षी उपाध्याय, केन्द्रिय सदस्यहरु दीपक गिरी, कृष्ण किशोर घिमिरे र गोविन्दबहादुर शाह तथा स्वर्गीय नेता खड्काका पुत्र एवम प्रदेश सांसद अनुराग खड्कालाई फुल मालाले स्वागत गरिएको नेपाली कांंग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले बताउनुभयो । उहाँले सभापति देउवाको स्वागतका लागि विमानस्थलमा नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा, प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु, लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमाल, नेपाली कांंग्रेस बाँकेका उपसभापति कृष्ण कार्की लगायत पार्टीका महासमिति, महाधिवेशन प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको बताउनुभयो ।

सभापति देउवा नेपालगन्ज विमानस्थलबाट सिधै दाङको अमिलिया प्रस्थान गर्नुभएको छ । दाङको अमिलिया चोकमा कांगे्रस नेता स्वर्गीय खड्काको शालिक निर्माण गरिएको छ । सभापति देउवा दाङको कार्यक्रम सकेर शुक्रबार बेलुका काठमाडौ फर्किने कार्यक्रम रहेको नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति अधिकारीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...