बागलुङको रिठे खोलामा पक्की पुलको निर्माण

Published on

काठमाडौं । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको रु दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ।

बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ । पुल बनेपछि सधैभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ । भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकहरुका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको

संविधानसभा सदस्य नरबहादुर थापाले बताउनुभयो । उहाँले भकुण्डे पुग्ने बाटोमा पुल बनेपनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो । “अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्छ,” उहाँले भन्नुभयो । नवनिर्मित पुल २५।८ मिटर लामो छभने यसको चौडाइ ६।६ मिटर छ । पुललाई बाढीपहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइदैछ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...