एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

Published on

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गर्नु भएको छ। आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उहाँहरूले आगामी नेतृत्व चयन प्रक्रियामा आफूहरू प्रतिस्पर्धामा नउत्रिने स्पष्ट पार्नुभएको हो। पार्टी नेतृत्व नवीकरण, पुस्तान्तरण र सङ्गठनात्मक एकताको पक्षमा रहेर यस्तो निर्णय लिइएको उहाँहरूको भनाइ छ।

केन्द्रीय कमिटी बैठकमा नेताहरूले उहाँहरूको निर्णयले पार्टीभित्र नेतृत्व हस्तान्तरणलाई सहज बनाउने र महाधिवेशनलाई सहमतिमुखी बनाउने अपेक्षा व्यक्त गरेका छन्। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा जारी छ। महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने छ। ११औँ महाधिवेशनको बन्द सत्रबाट विधान संशोधन पारित भएसँगै नयाँ संरचना अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...