तनहुँ जानुहुँदै राष्ट्रपति पौडेल

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुलको उद्घाटनका लागि त्यसतर्फ जाँदै हुनुहुन्छ । राष्ट्रपति पौडेलले दिउसो १२ः३० बजे सो पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

२१ करोड ६८ लाख ४८ हजारको लागतमा निर्माण भएको सो पुल तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन भने भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटन गर्न बाँकी भएपनि पुल सञ्चालन केही समययता सञ्चालनमा आएको बताउनुभयो। त्रिशूली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षभित्र ९२०७४ कात्तिक १९० मा पुलको निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पछिल्लो पटक म्याद थपेर २०७९ को चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने आलटाल गरेपनि सो पुल निर्माणका बारेमा राष्ट्रपति पौडेलले चासो राख्दै आउनुभएको थियो ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...