इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

Published on

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग सम्बन्धित विविध व्यक्तिसँग ‘मजिपाः लाखेननी’मा छलफल भएको छ।

लाखे आजु गुथिका संरक्षक दीपक रञ्जितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ( २० वडाध्यक्ष राजेन्द्र मानन्धरले जात्रालाई सभ्य बनाउन नगरवासीलाई अनुरोध गर्नुभयो। पूर्व सांसद राजेश शाक्य, कुमारी घरका गौतम रत्न शाक्य, हलचोक आकाश भैरव गुथीका अध्यक्ष सागर पुतुवार, प्रहरी वृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक (प्रनाउ) रुकेश तण्डुकार, प्रहरीवृत्त कालिमाटीका प्रनाउ रुपक खड्का, इन्द्रजात्रा व्यवस्थापन समितिका गणपतिलाल श्रेष्ठका साथै विभिन्न सङ्घ संस्था तथा क्लब प्रतिनिधिको उपस्थिति थियो। इन्द्रजात्राको मुख्य आकर्षण मजिपाः लाखे, हलचोक आकाश भैरव, पुलुकिसिका साथै कुमारी, भैरव र गणेशको रथ नगर परिक्रमा गर्ने भएको बताउँदै प्रनाउ तण्डुकारले यो जात्रा नेवास् नेपास् हुँदै विश्वको नै आकर्षण भइसकेको बताउनुभयो।

जात्रालाई बिथोल्ने गुण्डागर्दी गर्नेलाई गिरफ्तार गरी जात्रा अवधिभर थुनामा राख्नुपर्ने स्थानीयवासीको अनुरोधलाई प्रनाउद्वय तण्डुकार र खड्काले सकारात्मक रुपमा लिनुभएको छ। इन्द्रजात्रा अवधिभर मात्र नचाउने मजिपाः लाखेलाई परम्परादेखि जीवित देवताको रुपमा सम्पूर्ण स्थानीय वासीले मान्दै आएकोले अरू विभिन्न स्थान र समयमा निकालिने लाखेसँग तुलना नगर्न लाखे गुथिका प्रवक्ता सुरेन्द्र रञ्जित सुदामाले अनुरोध गर्नुभयो। मजिपाः लाखे भनेको कुनै व्यक्ति नभएको जानकारी गराउँदै २३ वडा कार्यालय क्षेत्रको भित्तेचित्र मजिपाः लाखे, झ्यालिन्चाको वालपेन्टिङ हटाउन सम्पूर्ण स्थानीयको तर्फबाट प्रवक्ता सुदामा रञ्जितले २३ वडाका प्रतिनिधि गणपतिलाल श्रेष्ठ, प्रनाउद्वय तण्डुकार र खड्कासमक्ष जोडदार अनुरोध गर्नुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...