ट्याक्सी खस्दा त्रिशूली नदीमा पाँच जनाको मृत्यु

Published on

काठमाडौं । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका(५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडौँबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट करिब सय मिटर तल त्रिशूली नदीमा खसेको छ । मुग्लिङ प्रहरीका अनुसार त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक बालिका, २ जना महिला र दुई पुरुष रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी छ । प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको जनाएको छ । ट्याक्सीमा कति जना सवार थिए भन्ने नखुलेको जनाएको छ । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...