दन्त चिकित्सकहरूको क्षेत्रीय कार्यशाला

Published on

काठमाडौं । मुख तथा दन्त स्वास्थ्य सेवाका बारेमा विभिन्न जानकारी आदान प्रदान गर्ने उद्देश्यले यस क्षेत्रका दन्त चिकित्सकहरूको पहिलो क्षेत्रीय कार्यशाला नेपालगन्जमा सञ्चालन भएको छ । पछिल्लो अवस्थामा देखिएका दाँत सम्बन्धी नयाँ समस्या तथा तिनको समाधानका बारेको जानकारी छलफल गर्न दन्त चिकित्सकहरूको प्रत्यक्ष सहभागितामूलक कार्यक्रम पहिलो पटक नेपालगन्जमा आयोजना गरिएको नेपाल डेन्टल एसोसिएसन बाँकेका अध्यक्ष डा।प्रतीक श्रेष्ठले जानकारी दिनुभयो ।

सो कार्यशालाको उद्घाटन संयुक्तरुपमा वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा।विनोद थापा र एसोसिएसनका बाँके अध्यक्ष डा।श्रेष्ठले गर्नुभएको थियो । डा।थापाले यस प्रकारका कार्यक्रमबाट चिकित्सकहरूले नयाँ(नयाँ कुराहरू सिक्ने र सो बाट बिरामीलाई प्रत्यक्ष फाइदा पुग्ने हुँदा यस्ता सम्मेलन समारोह निरन्तररुपमा गरिराख्न आयोजकलाई सुझाव दिनुभयो । चिकित्सकहरूबिच अनुभव आदानप्रदान, विचार विमर्श तथा छलफलद्धारा दन्त चिकित्सासम्बन्धी ज्ञान, सिप र धारणा साझा गर्ने कार्य कार्यशालामा भइरहेको डेन्टल एसोसिएसन बाँकले जनाएको छ । प्रत्यक्ष सहभागिता मूलक कार्यक्रमका माध्यबाट जानकारी आदानप्रदान गर्नका लागि सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

दन्त चिकित्सामा प्रयोग हुने नवीन प्रविधि यन्त्र, उपकरणलगायतका कुरामा सम्मेलनमा विस्तृतरुपमा छलफल भइरहेको एसोसिएसनका बाँके अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा दन्त चिकित्सासम्बन्धी अत्याधुनिक उपकरण एवम् औषधिजन्य पदार्थको प्रदर्शनी पनि राखिएको छ । कार्यशालामा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर सुर्खेतलगायतका ठाउँमा कार्यरत ६० बढी दन्त चिकित्सकहरूको सहभागिता रहेको डेन्टल एसोसिएसन बाँकेले जनाएको छ । दुई दिनको सो कार्यक्रममा वरिष्ठ चिकित्सकहरू डा।सुमन गौतम, डा।श्याम कुमार महर्जन र डा।मिलन अधिकारीले कार्यपत्र प्रस्तुत गरिरहनु भएको छ । गोरखापत्र

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...