आयरल्यान्ड ‘ए’ द्वारा नेपाल ‘ए’ लाई २२५ रनको लक्ष्य

Published on

काठमाडौं । आयरल्यन्ड ‘ए’ ले टी–२० सिरिजको दोस्रो खेलमा जितका लागि नेपाललाई दुई सय २५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय २४ रन बनाएको हो । आयरल्यान्डका लागि कप्तान निल रकले ३४ बलमा सात छक्का र एक चौकाको सहयोगमा अविजित ७१ रन बनाउनुभयो । यस्तै पिटर मोरले २६ बलमा सात छक्का र तीन चौकाको सहयोगमा ६५, जेम्स म्याकोलुमले २६, फिओन ह्यान्डले अविजित १९, रोस अदैरले १७ र गेराथ डेनालीले १० रन जोड्नुभयो ।

बलिङमा नेपालका सागर ढकालले तीन विकेट लिनुभयो । कमलसिंह ऐरी र पवन सराफले एक एक विकेट झार्नुभयो । तीन खेलको सिरिजमा नेपाल ‘ए’शुक्रबार भएको पहिलो खेलमा २१ रनले पराजित भएको थियो ।

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...