आयरल्यान्ड ‘ए’ द्वारा नेपाल ‘ए’ लाई २२५ रनको लक्ष्य

Published on

काठमाडौं । आयरल्यन्ड ‘ए’ ले टी–२० सिरिजको दोस्रो खेलमा जितका लागि नेपाललाई दुई सय २५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय २४ रन बनाएको हो । आयरल्यान्डका लागि कप्तान निल रकले ३४ बलमा सात छक्का र एक चौकाको सहयोगमा अविजित ७१ रन बनाउनुभयो । यस्तै पिटर मोरले २६ बलमा सात छक्का र तीन चौकाको सहयोगमा ६५, जेम्स म्याकोलुमले २६, फिओन ह्यान्डले अविजित १९, रोस अदैरले १७ र गेराथ डेनालीले १० रन जोड्नुभयो ।

बलिङमा नेपालका सागर ढकालले तीन विकेट लिनुभयो । कमलसिंह ऐरी र पवन सराफले एक एक विकेट झार्नुभयो । तीन खेलको सिरिजमा नेपाल ‘ए’शुक्रबार भएको पहिलो खेलमा २१ रनले पराजित भएको थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...