विशेषज्ञ सेवा कोहलपुर नगर अस्पतालबाटै

Published on

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले नगर अस्पतालबाटै अब विशेषज्ञ सेवा दिने भएको छ । कोहलपुर नगरपालिकामा रहेको नगर अस्पतालबाट आइतबार, बुधवार र शुक्रबार विशेषज्ञ सेवा प्रदान गरिने कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले बताउनुभयो ।

कोहलपुर नगरपालिका स्वास्थ्य वीमा संयोजन समिति संयोजक समेत रहनु भएका मेयर आचार्यले नेपालगन्ज मेडिकल कलेज कोहलपुरसँगको सहकार्यमा नगर अस्पतालबाटै विशेषज्ञ सेवा दिन लागिएको बताउनुभयो । कोहलपुर नगर अस्पतालका स्वास्थ्य वीमा संयोजन समितिका सदस्य वीरेन्द्र कुमार शाहका अनुसार आइतबार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा, बुधवार जनरल फिजिसियन र शुक्रबार शल्य चिकित्सा सेवा प्रवाह गरिने छ । स्वास्थ्य बिमा वोर्डमा सूचिकृत मेडिकल कलेज कोहलपुरका चिकित्सकहरुले नगर अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्ने सदस्य शाहले बताउनुभयो । उहाँका अनुसार जटिल खालका समस्या देखिएका बिरामीहरुलाई मेडिकल कलेजमा रिफर गरिनेछ ।

नगर प्रमुख आचार्यको अध्यक्षतामा बसेको बैठकले वैशाखको पहिलो सातादेखि विशेषज्ञ सेवा दिने तयारी गरेको जनाइएको छ । मेडिकल कलेजमा बिमा कार्यक्रम वैशाख पहिलो सातादेखि सुरु गर्ने तयारी गरिएको छ । उक्त कार्यक्रम सुरु भएपछि नगर अस्पतालमा पनि विशेषज्ञ सेवा सुरु हुने भएको हो । नगर पालिकाले आफ्नै फार्मेसी समेत संचालनको तयारी गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...