विशेषज्ञ सेवा कोहलपुर नगर अस्पतालबाटै

Published on

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले नगर अस्पतालबाटै अब विशेषज्ञ सेवा दिने भएको छ । कोहलपुर नगरपालिकामा रहेको नगर अस्पतालबाट आइतबार, बुधवार र शुक्रबार विशेषज्ञ सेवा प्रदान गरिने कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले बताउनुभयो ।

कोहलपुर नगरपालिका स्वास्थ्य वीमा संयोजन समिति संयोजक समेत रहनु भएका मेयर आचार्यले नेपालगन्ज मेडिकल कलेज कोहलपुरसँगको सहकार्यमा नगर अस्पतालबाटै विशेषज्ञ सेवा दिन लागिएको बताउनुभयो । कोहलपुर नगर अस्पतालका स्वास्थ्य वीमा संयोजन समितिका सदस्य वीरेन्द्र कुमार शाहका अनुसार आइतबार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा, बुधवार जनरल फिजिसियन र शुक्रबार शल्य चिकित्सा सेवा प्रवाह गरिने छ । स्वास्थ्य बिमा वोर्डमा सूचिकृत मेडिकल कलेज कोहलपुरका चिकित्सकहरुले नगर अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्ने सदस्य शाहले बताउनुभयो । उहाँका अनुसार जटिल खालका समस्या देखिएका बिरामीहरुलाई मेडिकल कलेजमा रिफर गरिनेछ ।

नगर प्रमुख आचार्यको अध्यक्षतामा बसेको बैठकले वैशाखको पहिलो सातादेखि विशेषज्ञ सेवा दिने तयारी गरेको जनाइएको छ । मेडिकल कलेजमा बिमा कार्यक्रम वैशाख पहिलो सातादेखि सुरु गर्ने तयारी गरिएको छ । उक्त कार्यक्रम सुरु भएपछि नगर अस्पतालमा पनि विशेषज्ञ सेवा सुरु हुने भएको हो । नगर पालिकाले आफ्नै फार्मेसी समेत संचालनको तयारी गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...