निर्माणाधीन आयोजना सम्पन्न गर्न नयाँ ढंगले अगाडि बढेका छौं : उपप्रधानमन्त्री महासेठ

Published on

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताउनुभएको छ। आइतबार सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकारले निर्माणाधीन योजना पहिलो चरणमा सम्पन्न गर्ने नयाँ प्रकारको सोचसहित सरकार अघि बढिरहेको बताउनुभयो।

उहाँले पुल, सडकलगायतका निर्माणाधीन आयोजना पहिलो चरणमा सम्पन्न गरेपछि मात्रै नयाँ योजना अघि सार्ने रणनीतिसहित आफूहरु अघि बढेको बताउनुभयो। उहाँले आगामी असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न निर्देशन दिनुभयो। असार मसान्तसम्म काम पूरा नभए सडक विभागले कुनै पनि कदम चाल्ने चेतावनी दिनुभयो। निरीक्षणका क्रममा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले राजपत्रमा प्रकाशित हुननसक्दा र लगत कट्टा हुन नसक्दा समस्या झेल्नुपरिरहेको बताउनुभयो। उहाँले सडक सीमाना स्पष्ट नहुँदा पनि कतिपय समस्या सिर्जना आइरहेको बताउनुभयो। हुलाकी सडकअन्तर्गत अहिले १६ वटा स्टे अर्डरसहितका २६ वटा मुद्दाको सामना गरेर काम अघि बढाइरहेको बताउनुभयो। उहाँले निर्माण सामग्री समयमा नआइपुग्ने, विद्युतका पोलको समस्या, स्थानीय तहको मातहतबाट निर्माण सामग्री लिनुपर्ने कारणले गर्दा केही ढिला भएको बताउनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...