साउदी अरबस्थित नेपाली राजदूतावासको स्पष्टीकरण

Published on

काठमाडौं । साउदी अरबस्थित नेपाली राजदूतावासले कतिपय फाइल सदर गरेबापत रोजगारदाता कम्पनीहरुबाट रकम लिने गरेको आरोप लगाइ आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सो समाचारको खण्डन गरेको छ ।

उक्त दूतावासले विज्ञप्ति प्रकाशन गरी सो समाचारको खण्डन गरेको हो । समाचारमा यस विषयमा उजुरी परेको भनिएकामा यसप्रकारको उजुरी मन्त्रालय तथा सो नियोगमा समेत प्राप्त नभएको पनि स्पष्ट गरेको छ । नेपाली राजदूत नवराज सुवेदी, उपनियोग प्रमुख डा। डमरुबल्लभ पौडेल र द्वितीय सचिव टीकाराम उपाध्यायको नाम राखेर आएको सो समाचार सत्य नभएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उक्त विज्ञप्तिमा नियोगमा यस प्रकारको कुनै उजुरी प्राप्त भएमा नियमानुसार कारबाही गरी आवश्यक जवाफ पठाइने पनि जनाइएको छ । विज्ञप्तिमा विद्यमान अनलाइन मागपत्र प्रमाणीकरण प्रक्रियाअनुसार ‘अपरेटर’, ‘डकुमेन्ट भेरिफिकेशन अफिसर’ र श्रम ‘काउन्सेलर’ले आ(आफूलाई तोकिएका विषयहरुको जाँच गरिसकेपछि राजदूत(उपनियोग प्रमुखबाट स्वीकृत हुने गरेको र राजदूतावासले प्रमाणीकरणका सन्दर्भमा नेपाल सरकारले तोकेको राजस्वबाहेक कुनै पनि रकम नलिने गरेको सो विज्ञप्तिमा जनाइएको छ ।

राजदूतावासले सीमित स्रोत र साधनका बाबजुद पनि सेवा दिइरहेको उल्लेख गर्दै सो विज्ञिप्तमा भनिएको छ, “साउदी अरबमा रहेका नेपाली समुदायको सहयोग र समन्वयमा यस राजदूतावासले सीमित स्रोतसाधन तथा साउदी अरबको विशाल भूगोल, विषम हावापानी र भिन्न परिवेशका बाबजुद पनि नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई सहजरुपमा राहदानी, कन्सुलर, उद्धार, आश्रयस्थल, बहिर्गमन भिसा, शव फिर्ता, बीमा तथा क्षतिपूर्ति दाबी र घर फिर्तीलगायतका सेवा दिइरहेको सबैमा सर्वविदितै छ । साथै दूतावासले मागपत्र प्रमाणीकरण, उद्धार, घर फिर्तीलगायतका कुनै पनि समस्या परेमा तत्काल समाधान गर्न नेपाली राजदूतावास रियादले इजाजत पत्रवालाहरुको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र यसका पदाधिकारी तथा वैदेशिक रोजगार विभागलगायतका सरोकारवाला निकायसँग समयसमयमा अनलाइन अन्तर्क्रिया गरी समाधान गर्ने गरेको पनि जनाएको छ । रासस

spot_img

ताजा समाचार

अस्पताल सञ्चालनमा समस्या

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकामा नगर अस्पताल बनेको दुई वर्ष भयो । आवश्यक जनशक्ति, उपकरण...

तिमल्सिनाको गजलसङ्ग्रह ‘रहर जिन्दगीको’

काठमाडौं । बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार यस वर्ष गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई...

बागलुङ कांग्रेसले केन्द्रमा पठायो उम्मेदवार आकाङ्क्षीको नाम

काठमाडौं । नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारीस भएर आएको उम्मेदवार आकाङ्क्षीहरुको नामावली प्रदेश...

बस्तीबाट अस्फाल्ट प्लान्ट हटाउन माग

काठमाडौं । मानवबस्तीछेउमा अस्फाल्ट प्लान्ट (सडक कालोपत्रे गर्न आवश्यक अलकत्रसँग मिसाएर गिट्टी, बालुवा पकाउने...