वैदेशिक रोजगारीमा जानेको पारिश्रमिक एक लाख तोक्न माग

Published on

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरुको मासिक पारिश्रमिक एक लाख रुपियाँ तोक्नुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद राईले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुको मासिक पारिश्रमिक एक लाख रुपियाँ तोकिनुपर्ने बताउनुभएको हो । उहाँले फ्रि भिसा फ्रि टिकट भनिएपनि दुई लाख रुपियाँसम्म लिएर विदेश पठाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले देशभरका पालिकाबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न माग पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘पालिकाबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न माग गर्दछु । वैदेशिक रोजगारीमा फ्रि भिसामा जानेलाई डेढ लाखदेखि दुई लाख लिएर पठाइरहेको छ । कतिले काम पाइरहेको छैन । भनेको कम्पनी पाइरहेको छैन । बेरोजगार भएर जेलमा बस्नुपरेको छ । सरकारले यसमा पहलकदमी लिओस् । विदेश पठाउँदा नेपाली दाजुभाईलाई महिनाको एक लाख तलव तोकियोस् ।’’

सांसद राईले २०७२ सालको भूकम्पपछि राहतस्वरुप घर पुनर्निर्माणका लागि रकम दिने भने पनि पहिलो किस्ता पछिका किस्ता नदिइएको भन्दै तुरुन्तै पीडितहरुलाई भुक्तानी दिन माग गर्नुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...