सशस्त्र प्रहरीद्वारा सीमावर्ती युवाका लागि कपाल काट्ने तालिम

Published on

काठमाडौं । लोककल्याकारी र युवाहरुको क्षमता विकासका लागि सुनसरीको सीमावर्ती गाउँका युवाहरुका लागि सशस्त्र प्रहरी बल नेपालले कपाल काट्ने सम्बन्धी १५ दिने तालिम दिन सुरु गरेको छ । सशस्त्र प्रहरीले जिल्लाको सीमा क्षेत्रका बासिन्दा तथा युवालाई लक्षित गरी १५ दिने निःशुल्क कपाल काट्ने तालिम सञ्चालनमा ल्याएको हो ।

सिमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिकामा केशकर्तक (कपाल काट्ने) तालिम सञ्चालनमा ल्याएको जनाएको छ । तालिमको सशस्त्र प्रहरी बल नेपालका सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उद्घाटन गर्नुभएको छ । बराह बाहिनी पकली र नम्बर ४ गण हेड क्पाटर इनरुवा सुनसरीको आयोजनामा केशकर्तक तालिम सुरु भएको हो । तालिममा स्थानीय २० जना युवालाई प्रशिक्षण दिइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । केशकर्तक तालिम सीमा इलाकामा बसोबास गर्ने स्थानीयसँग समन्वय र सहकार्य गरी कार्य सम्पादनलाई प्रभावकारी बनाउने संगठनको मर्म र उद्देश्य बमोजिम सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले बताउनुभयो ।

कार्यक्रममा बराह बाहिनी पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलले सिमावासीको सवालमा एपीएफले क्षमता अभिवृद्धि लगायतका कार्यक्रम क्रमशः अन्य स्थानमा समेत आयोजना गर्दै लैजाने बताउनुभयो । सशस्त्र प्रहरी बलले हरिनगरमा सञ्चालनमा ल्याएको केशकर्तक (कपाल काट्ने) तालिममा पालिकाले छनौट गरेका २० जना स्थानीय सहभागी रहेको र उनीहरुका लागि १५ दिने निःशुल्क तालिम प्रदान गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...