गन्धर्वको पहिचान संरक्षण गरिने

Published on

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गन्धर्व जातिको पहिचान संरक्षण गर्दै उनीहरूको विकास गरिने बताउनुभएको छ । उहाँले गन्धर्वहरूको मौलिक संस्कृति र पहिचान लोपोन्मुख अवस्थामा पुग्न लागेको भन्दै यसको संरक्षणको दायित्व प्रदेश सरकारले लिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

झापाको कचनकबल गाउँपालिका–२ स्थित गन्धर्व बस्ती पुगेका मुख्यमन्त्रीले सोमबार यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “कोशी प्रदेश सरकार सबैको पहिचानलाई सम्मान गर्छ र पहिचानको संरक्षणमा प्रतिबद्ध छ ।” सो अवसरमा गन्धर्वहरूले आफ्ना पीडा मुख्यमन्त्री कार्कीलाई सुनाएका थिए । मुख्यमन्त्री कार्कीले सामाजिक विभेद अन्त्य गर्न सबैको भूमिका महत्वपूर्ण हुने भन्दै स्थानीयको समस्या र दैनिकी बुझ्न आफैँ गन्धर्व बस्तीमा खाना खाने र बस्ने गरी आएको स्पष्ट पार्नुभयो । उहाँ सोमबार शिव गन्धर्वको घरमा खाना खाएर बास बस्नुभएको हो ।

कचनकबल गाविस–२ मा पर्ने सुकुनाडिगी र आदर्श टोलमा ४८ परिवार गन्धर्व बसोबास गर्ने गरेका छन् । तीमध्ये अधिकांश परिवारको पेट पाल्ने माध्यम सारङ्गी बजाउनु रहेको छ । दिनभर झापाका विभिन्न चोकबजार गएर सारङ्गी बजाई श्रोताले खुसीले दिएको पैसाबाट उनीहरूले पेट पाल्दै आएका छन् । मुख्यमन्त्री कार्कीले मङ्गलबार बिहान गन्धर्व बस्तीबाट फर्कंदा हुलाकी मार्ग तथा आसपासका विभिन्न विकास योजना तथा झापाको कनकाई खोलामा वर्षौंदेखि अलपत्र निर्माणाधीन कनकाई पुलको स्थलगत निरीक्षण पनि गर्नुभयो । उहाँलाई गौरीगन्ज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले कनकाईमा पुल नबन्दा भएका कठिनाइका विषयमा जानकारी गराउनुभएको थियो । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...