सामुदायिक रेडियो मदनपोखरालाई तीन लाख मुष्ठिदान

Published on

काठमाडौं । सामुदायिक रेडियो मदनपोखरा (सारेम) लाई करिब तीन लाख रुपियाँ मुष्ठिदान सहयोग प्राप्त भएको छ । अमेरिका मदनपोखरा समाजले मदनपोखरामा जन्म भई अमेरिकामा बसोबास गरेका विभिन्न व्यक्तिहरूबाट रेडियोलाई मुठिदान सहयोग भएको हो ।

समाजले रेडियोलाई दुई लाख ९२ हजार २२० सहयोग पठाएको हो । अमेरिका मदनपोखरा समाजले मनिग्राममार्फत् पठाएको उक्त रकम समितिका अध्यक्ष झपेन्द्र जिसी र कार्यकारी निर्देशक गुणाकर अर्याललाई हस्तान्तरण गरिएको हो । रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसीले अमेरिकामा बसोबास गर्ने मदनपोखरेली दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिनुभयो । २०५५ सालमा मदनपोखरा स्थापित सामुदायिक रेडियो मदनपोखराले २५ वर्ष पूरा गरेको अवसरमा चैत्र २३ गते रजत महोत्सवको आयोजना गरेको छ । अमेरिका मदनपोखरा समाजका सुन्दर घिमिरेले गाउँमा बस्दा रेडियोलाई मुष्ठिदान दिएको मान्छेले विदेश बस्दा पनि सम्झना भइरहने र रजत महोत्सवको कार्यक्रम सुनेपछि मन त्यहीँ पुगेको उल्लेख गर्नुभयो । रेडियोका लागि थप मुष्ठिदान रकम सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...