आयरल्यान्ड ‘ए’ १५७ रनमा अलआउट

Published on

काठमाडौं । नेपाल ‘ए’विरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ सस्तैमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ३८\३ ओभरमा सवै विकेटको क्षतिमा एक सय ५७ रन मात्रै बनाउन सक्यो ।

सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्डले मध्यमक्रममा सम्हालिने प्रयास गरेपनि अन्तिममा लय गुमायो । उसले पछिल्लो पाँच ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सकेको थियो । आयरल्यान्ड ‘ए’का लागि केड कार्माइकलले अर्धसतकीय पारी खेल्नुभयो । उहाँले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाउनुभयो । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाउनुभयो । पिटर मुरले २१ ओपनरद्वय जेम्स मकलम र स्टेफल डोहनीले १२\१२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपाल ‘ए’ का कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिनुभयो । यस्तै साहब आलम र मौसम ढकालले दुईरदुई विकेट लिनुभयो । साथै रिजन ढकालले एक विकेट झार्नुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...