सांसद र कर्मचारीको सङ्ख्या घटाउनु पर्छ : चन्द्र भण्डारी

Published on

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले देशको उन्नति र विकासका लागि सांसद र कर्मचारीको सङ्ख्या आधा घटाउनुपर्ने बताउनुभएको छ । नेता भण्डारीले नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आइतबार विशान बुटवलमा आयोजित पत्रकार भेटघाटमा देशको ढुकुटीको अधिकांश हिस्सा सांसद र कर्मचारीको तलब सुविधामै खर्च हुने हुँदा विकासको कामले गति लिन नसकेको बताउनुभयो ।

उहाँले समानुपातिक निर्वाचन प्रणालीलाई राष्ट्रिय सभामा व्यवस्थापन गर्ने र राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्ने व्यवस्था हुनुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो । नेता भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा सीमित गरेपछि मात्र देशको ढुकुटी विकासको काममा खर्च हुने बताउनुभयो ।

उहाँले अहिलेको ढाँचा र सङ्गठनमा रहेको स्थानीय तह ठिक रहेकाले त्यसलाई घटाउन नहुने बताउनुभयो । नेता भण्डारीले समानुपातिक प्रणालीमा अब नेता मात्रै होइन विज्ञलाई पनि स्थान दिनुपर्नेमा जोड दिनुभयो । नेता भण्डारीले कांग्रेसको अबको महाधिवेशनबाट आफू पार्टी सभापति बन्ने दाबी गर्नुभयो । उहाँले सांसदलाई तलब खुवाउन सवारीसाधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको दाबी गर्नुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...