गुगलले सूर्यग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने

Published on

काठमाडौं । सोमबार चन्द्रमा सूर्य र पृथ्वीको बिचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ ।

यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउनेछ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृश्यमा देख्न सकिनेछ ।

सूर्य चार मिनेटको लागि ढाकिने र यसको बाहिरी तहमा उज्यालो रहने सूर्यग्रहण नेपाल, भारत लगायतका एसियाली मुलुकहरूबाट देख्न सकिनेछैन तर कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशबाट खण्डग्रास (आंशिक) ग्रहण देखिनेछ ।

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सूर्यग्रहणसम्बन्धी आफ्नो प्रत्यक्ष प्रसारण गर्ने र ५ बजे सुरु हुने उक्त प्रसारण करिब तीन घण्टा जारी रहने बताएको छ । रासस/एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...