गुगलले सूर्यग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने

Published on

काठमाडौं । सोमबार चन्द्रमा सूर्य र पृथ्वीको बिचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ ।

यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउनेछ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृश्यमा देख्न सकिनेछ ।

सूर्य चार मिनेटको लागि ढाकिने र यसको बाहिरी तहमा उज्यालो रहने सूर्यग्रहण नेपाल, भारत लगायतका एसियाली मुलुकहरूबाट देख्न सकिनेछैन तर कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशबाट खण्डग्रास (आंशिक) ग्रहण देखिनेछ ।

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सूर्यग्रहणसम्बन्धी आफ्नो प्रत्यक्ष प्रसारण गर्ने र ५ बजे सुरु हुने उक्त प्रसारण करिब तीन घण्टा जारी रहने बताएको छ । रासस/एएनआई

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...