कर्मचारी तयारी गर्दै जिल्ला निर्वाचन कार्यालय

Published on

काठमाडौं । वैशाख १५ को उपनिर्वाचन नजिकिंदै गर्दा जिल्ला निर्वाचन कार्यालय इलाम निर्वाचनमा खटिने कर्मचारीहरु तयारी तथा व्यवस्थापनमा लागेको छ । कार्यालयले वैशाख १० गते मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन सम्बन्धी तालिम दिने भएको छ ।

मतदान अधिकृतहरुलाई तालिम दिए पश्चात वैशाख ११ गते मतदानका लागि आवश्यक सामग्रीहरु दिइने जिल्ला निर्वाचन कार्यायलले जनाएको छ । कार्यालयले इलाम– २ मा रहेको ७९ मतदान स्थलका एक सय ४९ केन्द्रमा खटिने २९८ र जगेडा अन्य गरी करिब तीन सय सात जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिमको तयारी जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार सबै मतदान केन्द्रहरुमा पठाइने ४० किसिमका सामग्री भने तयारी अवस्थामा छ । सियोधागोदेखि मतपत्रसम्मका सामग्रीहरु तयारी रहेको बताइएको छ । ‘‘यी सामग्री बुझेपछि वैशाख १२ गते बेलुका सम्ममा सबै केन्द्रहरुमा सुरक्षाकर्मीका साथमा मतदान अधिकृतसहितको टोली पुगिसक्छ ।’’ लिम्बूले भन्नुभयो, ‘‘मतदान सक्किएपछि भने सुरक्षा ढुुवानी योजना अनुसार मतपेटिका सङ्कलन हुन्छ, यो प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छ ।’’

इलाम – २ मा छ स्थानीय तह, ४२ वटा वडा, ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने यहाँ ५६ हजार ८६९ महिला, ५९ हजार ०१८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार ८८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...