कर्मचारी तयारी गर्दै जिल्ला निर्वाचन कार्यालय

Published on

काठमाडौं । वैशाख १५ को उपनिर्वाचन नजिकिंदै गर्दा जिल्ला निर्वाचन कार्यालय इलाम निर्वाचनमा खटिने कर्मचारीहरु तयारी तथा व्यवस्थापनमा लागेको छ । कार्यालयले वैशाख १० गते मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन सम्बन्धी तालिम दिने भएको छ ।

मतदान अधिकृतहरुलाई तालिम दिए पश्चात वैशाख ११ गते मतदानका लागि आवश्यक सामग्रीहरु दिइने जिल्ला निर्वाचन कार्यायलले जनाएको छ । कार्यालयले इलाम– २ मा रहेको ७९ मतदान स्थलका एक सय ४९ केन्द्रमा खटिने २९८ र जगेडा अन्य गरी करिब तीन सय सात जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिमको तयारी जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार सबै मतदान केन्द्रहरुमा पठाइने ४० किसिमका सामग्री भने तयारी अवस्थामा छ । सियोधागोदेखि मतपत्रसम्मका सामग्रीहरु तयारी रहेको बताइएको छ । ‘‘यी सामग्री बुझेपछि वैशाख १२ गते बेलुका सम्ममा सबै केन्द्रहरुमा सुरक्षाकर्मीका साथमा मतदान अधिकृतसहितको टोली पुगिसक्छ ।’’ लिम्बूले भन्नुभयो, ‘‘मतदान सक्किएपछि भने सुरक्षा ढुुवानी योजना अनुसार मतपेटिका सङ्कलन हुन्छ, यो प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छ ।’’

इलाम – २ मा छ स्थानीय तह, ४२ वटा वडा, ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने यहाँ ५६ हजार ८६९ महिला, ५९ हजार ०१८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार ८८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...