प्रदेशको काम प्रभावकारी बनाउन लाग्छु : मुख्यमन्त्री सोडारी

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशका सरकारका कामलाई कसरी प्रभावकारी र परिणाममुखी बनाउने भन्नेमा आफूले सोचिरहेको बताउनुभएको छ।

कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तह न्यायिक समितिका पदाधिकारीका लागि न्याय निरुपण सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले जनतालाई सेवा र न्याय दिन स्थानीय तहका उपप्रमुखको ठुलो भूमिका रहने बताउनुभयो। स्थानीय र प्रदेश सरकारबिच समन्वय गर्ने निकायको अभाव छ भन्ने सुन्दै आएको थिएँ तर मुख्यमन्त्री कार्यालय अन्तर्गत नै प्रदेश तथा स्थानीय तहबीच समन्वय गर्ने प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान रहेछ अब यसलाई झन प्रभावकारी बनाउन आफ्नो सहयोग रहने मुख्यमन्त्री सोडारीले बताउनुभयो। फरक प्रसंगमा उहाँले निर्वाचन प्रणालीले गर्दा सरकार स्थिर नहुँदा काम गर्न समस्या भएको बताउदै सुदूरपश्चिम प्रदेशमा समेत झण्डै १६ महिनाको अवधिमा आफू तेस्रो मुख्यमन्त्री भएको बताउनुभयो।

हरेक परिवर्तनले जनताका आशा, अपेक्षा गरे पनि शासन पद्धतिले त्यस्तो अपेक्षा पूरा नभएको बताउदै निर्वाचन प्रणालीमा शंसोधन गरेर भए पनि जनतालाई आशावादी बनाएर स्थायी सरकार बनाउनु पर्ने उहाँले बताउनुभयो। कार्यक्रम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र वमको अध्यक्षतामा भएको थियो। गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...