प्रदेशको काम प्रभावकारी बनाउन लाग्छु : मुख्यमन्त्री सोडारी

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशका सरकारका कामलाई कसरी प्रभावकारी र परिणाममुखी बनाउने भन्नेमा आफूले सोचिरहेको बताउनुभएको छ।

कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तह न्यायिक समितिका पदाधिकारीका लागि न्याय निरुपण सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले जनतालाई सेवा र न्याय दिन स्थानीय तहका उपप्रमुखको ठुलो भूमिका रहने बताउनुभयो। स्थानीय र प्रदेश सरकारबिच समन्वय गर्ने निकायको अभाव छ भन्ने सुन्दै आएको थिएँ तर मुख्यमन्त्री कार्यालय अन्तर्गत नै प्रदेश तथा स्थानीय तहबीच समन्वय गर्ने प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान रहेछ अब यसलाई झन प्रभावकारी बनाउन आफ्नो सहयोग रहने मुख्यमन्त्री सोडारीले बताउनुभयो। फरक प्रसंगमा उहाँले निर्वाचन प्रणालीले गर्दा सरकार स्थिर नहुँदा काम गर्न समस्या भएको बताउदै सुदूरपश्चिम प्रदेशमा समेत झण्डै १६ महिनाको अवधिमा आफू तेस्रो मुख्यमन्त्री भएको बताउनुभयो।

हरेक परिवर्तनले जनताका आशा, अपेक्षा गरे पनि शासन पद्धतिले त्यस्तो अपेक्षा पूरा नभएको बताउदै निर्वाचन प्रणालीमा शंसोधन गरेर भए पनि जनतालाई आशावादी बनाएर स्थायी सरकार बनाउनु पर्ने उहाँले बताउनुभयो। कार्यक्रम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र वमको अध्यक्षतामा भएको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...