‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८०’ बाट डा.परियार पुरस्कृत

Published on

काठमाडौं । ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ बाट अधिकारकर्मी डा।विष्णुमाया परियार पुरस्कृत हुनुभएको छ । मानव अधिकार एवम् सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याएको भन्दै मानवअधिकार तथा शान्ति समाजले उहाँलाई एक लाख १० हजार राशिबाट पुरस्कृत गरेको हो ।

२५ वर्ष भन्दा बढी अधिकारको आन्दोलनमा योगदान दिनुभएकी डा।परियार राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा सम्मानित तथा पुरस्कृत भइ सक्नुभएको छ । उहाँले यो पुरस्कार एकदमै विशेष रहेको बताउनुभयो । उहाँले भन्नुभयो,धेरै अन्तर्राष्ट्रियस्तरबाट सम्मानित भएँ तर मातृभूमिले दिएको यो पुरस्कार विशेष छ ।” यो ठाउँसम्म आइपुग्न बुवाको योगदानको चर्चा गर्दै उहाँले भन्नुभयो, दलित भनेर विभेद गरिन्थ्यो । बुवाले विभेदका विरुद्ध लड्न सिकाउनुभयो । हरेक बुवाले छोरीलाई समानता र स्वतन्त्रता दिए सफलता प्राप्त गर्न सक्ने छन् ।

गोरखामा जन्मनुभएकी ५१ वर्षीया डा।परियारको जीवन कथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा(७ को पाठ्यक्रममा सङ्लग्न छ । अधिकारका क्षेत्रमा क्रियाशील संस्था एशोसिएशन फर दलित वुमन्स एड्भान्समेन्ट अफ नेपाल (एड्वान) का संस्थापक अध्यक्ष डा।परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । म्यानर कलेजले सन् २०१३ मा मानार्थ डि।लिट (डक्टर अफ लेटर्स) ले सम्मान गरेको थियो । डा।परियारका दुई वटा कृति प्रकाशित छन् । मानवअधिकार तथा शान्ति समाजद्वारा समाजसेवा(सामाजिक न्यायको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्न वि।सं।२०७६ मा यो पुरस्कारको स्थापना गरिएको हो । रासस

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...