आश्रयस्थल भवन प्रयोगविहीन

Published on

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवनमा निर्माण गरिएको ज्येष्ठ नागरिक भवन र आकस्मिक आश्रयस्थल भवन प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि नै निर्माण पूरा भएका यी दुई भवन प्रयोगमा नल्याइँदा बेवारिसे बनेका हुन् । भवन अहिले लागुऔषध प्रयोग गर्ने युवाको बस्ने थलो बनेको स्थानीयले बताएका छन् ।

लालबन्दी नगरपालिका–४ का वडाध्यक्ष सत्यनारायण चौधरीले आफूहरू निर्वाचित भएर आउनुअघिदेखि नै बेवारिसे अवस्थामा रहेको भवन अझै प्रयोगमा ल्याउन नसकिएको बताउनुभयो । उहाँले भवन के कसरी निर्माण गरियो र निर्माण पूरा हुनासाथ किन प्रयोग गरिएन भनेर अन्योल रहिरहेको बताउनुभएको छ । उहाँले निर्माण व्यवसायी सम्पर्कमै नरहेकाले भवन प्रयोगमा ल्याउन समस्या परेको बताउनुभयो । “सङ्घीय सरकारको लगानीमा भवन बनेको भन्ने छ तर बनेदेखि नै भवन प्रयोगमा आएको छैन, वडाध्यक्ष चौधरीले भन्नुभयो, “भवन निर्माण गर्ने निकाय र निर्माण गर्ने व्यवसायी हामीसँग सम्पर्कमा आएका पनि छैनन् । वडाध्यक्ष चौधरीले वडामा प्रहरी चौकी राख्ने पहल भइरहेकाले यदि प्रहरी चौकी स्वीकृत भएर आए अब यही भवनमा राख्ने तयारी रहेको बताउनुभएको छ । दुई वटा भवनमध्ये एउटा भवननजिकै रहेको शिशु कल्याण जनता माध्यमिक विद्यालय हरिभवनले आंशिक रूपमा प्रयोग गर्दै आइरहेको छ । लालबन्दी नगरपालिकाभित्र वडा नं। ४ मा एकै ठाउँमा ज्येष्ठ नागरिक भवन र आकस्मिक आश्रयस्थल भवन तथा वडा नं। १० मा आकस्मिक आश्रयस्थल र वडा नं। ८ मा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको थियो । यी चार भवनमध्ये वडा नं। ८ मा निर्मित ज्येष्ठ नागरिक भवनमा अहिले लालबन्दी नगरपालिकाको कार्यालय सञ्चालन भइरहेको छ ।

वडा नं। १० को आकस्मिक आश्रमस्थल भवन बेला बेलामा तालिम, सभा, सम्मेलन गर्न प्रयोग हुँदै आएको छ । लालबन्दी–१० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले वडा कार्यालयछेउमै रहेको आकस्मिक आश्रम भवन निर्माणपछि त्यसबेला नै ठेकेदार काम सम्पन्नताको पत्र लिन आए पनि केही काम बाँकी रहेकाले आफूले पत्र नदिएको बताउनुभयो । वडाध्यक्ष श्रेष्ठले वडाबाट अहिलेसम्म भवन बुझ्ने काम नभएको बताउनुभयो । त्यसपछि त ठेकेदार सम्पर्कमै आएका छैनन्, भवन पनि त्यसै छ, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, नगर सभा गर्न तथा विभिन्न तालिम आयोजना गर्न यो भवन प्रयोग भइरहेको छ । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...