बेमौसमी मकैखेतीबाट आम्दानी लिँदै किसान

Published on

काठमाडौं । दाङमा किसानले बेमौसमी मकै खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मकै खेतीका लागि किसानलाई तालिमसँगै बिउ र यान्त्रिकरणमा प्रधानमन्त्री कृषि परियोजनाले सहयोग गर्न थालेपछि पछिल्लो समय धेरै किसान बेमौसमी मकैखेतीतर्फ आकर्षित भएका छन् ।

सुख्खा समयमा पनि मकै खेतीबाट आम्दानी लिन सकिने भएपछि अन्य काम छोडेर मकै खेतीमा लागेको लमही नगरपालिका–४ सेमरहवा निवासी किसान राजबहादुर चौधरी बताउँनुहुन्छ । पहिले घरमा खानका लागि मात्रै मकै खेती गर्दै आउनुभएका चौधरीले पछिल्लो समय करिब एक विगाह क्षेत्रफलममा व्यवसायिक रुपमा मकैखेती गर्न थाल्नुभएको छ । पहिले परम्परागत रुपमा घरमा खानका लागि मात्रै मकैखेती गर्ने गरे पनि विगत चार वर्षदेखि व्यवसायिक रुपमा लागेको भन्दै चौधरीले भन्नुभयो, हरियो मकै पनि बिक्री हुने र अन्यवालीको तुलनामा आम्दानी पनि बढी हुने भएकाले व्यवसायिक मकै खेती गर्दै आएको छु । वर्षमा दुई बाली मकैखेती गर्न सकिने, जसले गर्दा आम्दानी राम्रो हुने उहाँ बताउनुहुन्छ । उहाँले मकै खेतीबाट वार्षिक दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।

उहाँका अनुसार हरियो मकैको प्रतिघोगा पाँचदेखि दश रुपियाँका दरले बिक्री हुने गर्दछ भने सुकेको मकै प्रतिक्विन्टल ३५ हजार रुपियाँका दरले बिक्री गर्ने गर्दछ । त्यसँगै बोटसमेत घाँसका रुपमा बिक्री हुने गर्दछ । एक बाली मकैखेती हुने जमिनबाट दुई बाली खेती गर्न सकिने र आम्दानी बढी लिन सकिने भएकाले मकैखेतीतर्फ लागेको लमही नगरपालिका–३ निवासी किसान टुनुराम चौधरी बताउँनुहुन्छ । लालीगुराँस जैविक विविधता कृषक समूहका अध्यक्ष चौधरीले ३६ कठ्ठा जमिनमा व्यावसायिक मकैखेती गर्दै आउनुभएको छ । मकैखेतीबाट वर्षमा पाँच लाखभन्दा बढी आम्दानी गर्ने गरेको चौधरी बताउँनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘व्यवसायिक मकैखेतीबाट राम्रो आम्दानी हुने गरेको छ । मकै खेतीले गर्दा नै कमाउनका लागि बाहिर कतै जानुपरेको छैन ।’’ उहाँका अनुसार लमही, भालुवाङ र घोराही लगायतका बजारमा मकै पोलेर बिक्री गर्नेहरुसँगै घरमै आएर लग्ने भएकाले बिक्रीमा समेत समस्या छैन । । उहाँका अनुसार प्रतिघोगा सातदेखि १० रुपियाँसम्म घोगा बिक्री हुने गरेको छ । परियोजनाले सहयोग गरेपछि लमही नगरपालिकासँगै गढवा गाउँपालिका र राप्ती गाउँपालिका विभिन्न क्षेत्रमा मकै खेती गर्ने किसान थपिएका छन् । बेमौसमी मकैखेतीबाट आकर्षक आम्दानीसँगै खेती गर्नका लागि किसानलाई प्रविधिसँगै बिउबिजन सहयोग गरेपछि धेरै किसान मकैखेतीमा जोडिएको प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन एकाइ दाङका कृषि अधिकृत हेमन्त पौडेल बताउँनुहुन्छ । कृषि अधिकृत पौडेलका अनुसार परियोजना सुरु भएपछि करिब १५/१६ प्रतिशतमा रहेको हिउँदे मकैखेती बढेर दुई सयदेखि तीन सय र १२\१३ प्रतिशतमा रहेको बसन्ते मकैखेती बढेर अहिले १७\१८ सयदेखि दुई हजार हेक्टरसम्म क्षेत्रफलमा खेती हुने गरेको बताउनुहुन्छ । परियोजनाले किसानलाई खेती गर्नेदेखि बजारीकरणसम्म सहयोग गर्न थालेपछि सुक्का समयमा खाली हुने जमिनहरु अहिले मकैखेतीले हरियाली भएको कृषि अधिकृत पौडेल बताउँनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘जिल्लामा मकै खेतीको राम्रो सम्भावना भए पनि गर्ने तरिका बारेमा थाहा नहुँदा परम्परागत रुपमा किसानले खेती गर्दै आउनुभएको थियो । तर परियोजना लागू भए पनि किसानलाई मकैखेती गर्ने तरिकासँगै यान्त्रिकरणमा सहयोग गरेपछि अहिले धेरै किसान जोडिएका छन् । जिल्लामा आर्थिक वर्ष २०७३\०७३ सालदेखि मकै खेती पर्द्धनका लागि प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन एकाइ सञ्चालनमा आएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...