राप्तीमा व्यावसायिक जलयात्रा

Published on

काठमाडौं । राप्ती नदीको पानीलाई पर्यटनसँग जोड्ने गरी व्यावसायिक रूपमा मोटर बोट सञ्चालन गरिएको छ । राप्तीलाई जलयात्रा व्यवसायीसँग जोड्ने योजना अनुसार गरिएको मोटर बोट सञ्चालन कार्य सफल भएको छ । राप्ती गाउँपालिका–१ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूहले राप्ती नदीमा व्यावसायिक जलयात्राका लागि मोटर बोट सञ्चालनमा ल्याएको छ । करिब दस लाखको लागतमा मोटर बोट खरिद गरेर सञ्चालन गरिएको वन उपभोक्ता समूहका अध्यक्ष कर्णबहादुर केसीले जानकारी दिनुभयो ।

केसीले भन्नुभयो, “राप्ती नदीमा जलयात्रा नियमित गर्न सकिन्छ, पर्यापर्यटनको माध्यमबाट स्थानीय समुदायको आर्थिक आयआर्जन वृद्धि गर्न मोटर बोट सञ्चालनमा ल्याएका हौँ । करिब दस वर्षअघि पनि राप्ती नदीमा मोटर बोट सञ्चालन गरिएको थियो । पुस माघ महिनामा पनि राप्ती नदीको पानीमा मोटर बोट सफल रूपमा सञ्चालन गर्न सकिने जनाइएको छ । प्रदेशको राजधानी क्षेत्र भएका कारण यहाँ आउने पर्यटकलाई आकर्षित गर्न मोटर बोट व्यावसायिक रूपमा सुरुवात गर्न खोजिएको हो । राप्ती नदीको पानीले वर्षामा नदी तटीय क्षेत्रका नागरिकलाई डुबान, कटानको समस्याले सताउने गरेको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्तीलाई अवसरका रूपमा लिएर आर्थिक आयआर्जनको बाटोतर्फ लगाउन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नदीबाट सिँचाइ मात्र होइन, पर्यटनसँग जोडेर अवसरमा बदल्ने प्रयास गरेका छौँ ।”

हिउँद र सुक्खा समयमा राप्ती नदीमा पानी पर्याप्त हुँदैन । यसका लागि राप्ती नदीको पानीलाई ड्याम निर्माण गरेर सङ्कलन गर्ने र भविष्यमा बृहत् सरोवरका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उहाँ बताउनुहुन्छ । लुम्बिनी प्रदेशको राजधानी सहर निर्माणको क्रममा पनि राप्ती नदीको पानीलाई सदुपयोग गर्ने र त्यसलाई बहुउपयोगीका रूपमा विकास गर्ने परिकल्पना गरिएको उहाँले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले पर्यापर्यटनको माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जन गर्न सकिने र त्यसतर्फ सामुदायिक वनले भूमिका अघि बढाएकोमा खुसी व्यक्त गर्नुभयो । नेपाल पर्यटन विकास केन्द्र दाङका उपाध्यक्ष डा। लोकराज पराजुलीले उक्त मोटर बोटको उद्घाटन गर्दै पर्यटन विकासमा जोड दिनुभयो । उहाँले जिल्लाभित्र रहेका पर्यटकीय क्षेत्रको खोज गरी त्यस्ता क्षेत्रको विकासमा लगानी गर्नुपर्ने बताउनुभयो । वन, वातावरण, पानी, कला, संस्कृति सबै पर्यटकीय सम्भावना भएका क्षेत्र हुन्, यसलाई स्थानीयको आम्दानीसँग जोड्न खोज्नु राम्रो पक्ष हो, उहाँले भन्नुभयो, “पूर्वउत्तर प्युठान जिल्लाको सिमानादेखि भालुबाङ बसपार्क नजिक रहेको हनुमानगढी मन्दिरसम्मको दुरीमा सजिलोसँग जलयात्रा गर्न सकिन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...