कोशीलाई हराएको गण्डकी प्रतियोगिताबाट बाहिरियो

Published on

काठमाडौं । गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगितामा बुधबार कर्णाली प्रदेशमाथि जित निकालेको छ ।

मूलपानी मैदानमा कोशीलाई चार विकेटले हराए पनि गण्डकी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो । यता पाँचौँ हार खेपेको कोशी पनि बाहिरी सकेको छ । कोशीले अङ्क तालिकामा खाता खोल्न सकेको छैन । जितको लागि एक सय ५६ रनको लक्ष्य पछाएको गण्डकीले १९\५ ओभरमा ६ विकेटको क्षतिमा एक सय ५९ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । गण्डकीका लागि दिनेश बुढामगरले सर्वाधिक ३३ रन बनाउनुभयो । ओपनर ईश्वर क्षेत्रीले २५, अर्जुन कुमालले २४, विपिन खत्री र दीपक डुम्रेले १८.१८ तथा अमृत गुरुङ १२ रन बनाउनुभयो । बलिङमा कोशीका प्रकाश कार्कीले दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको कोशीले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो । कोशीका लागि सोनु अन्सारीले ४४ रन बनाउनुभयो । यस्तै मनिष थापाले ४३, कप्तान अङ्कित सुवेदीले ३२, श्रवण यादवले अविजित २१ र दीपेश कँडेलले १० रन बनाउनुभयो । बलिङमा गण्डकीका सुवास भण्डारीले तीन विकेट लिनुभयो । विपिन खत्री र अमृत गुरुङले एक एक विकेट लिनुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...