२०७२ को विनाशकारी भूकम्पको सम्झनामा फोटो प्रदर्शनी

Published on

काठमाडौं । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प गएको बुधबार नौ वर्ष भएको छ । यसै सन्दर्भमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको दक्षिण पूर्व बारपाकलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ९ म्याग्निच्युटको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पमा परि आठ हजार नौ सय ७० जनाले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए । आज उक्त विनाशकारी भूकम्प गएको दिनको सम्झनामा खानी तथा भूगर्भ विभागमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’को सह(आयोजनामा फोटो प्रदर्शनी भएको हो ।

उ‌द्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको प्रदर्शनीमा २०७२ को र २०८० सालमा जाजरकोट लगायतका स्थानमा गएका भूकम्पहरूबाट भएको क्षति तथा समाज र भूगोलमा आएका परिवर्तनका दृश्यहरू समावेश गरिएको छ । प्रदर्शनीमा ५५ वटा फोटो राखिए छन् । प्रदर्शनी आज एकदिन चल्नेछ ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...