नहरमा पौडी खेल्न गएका बालकको डुबेर मृत्यु

Published on

काठमाडौं । बाँके जिल्लाको कोहलपुर नगरपालिका ६ रझेनामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

शनिबार विहान ८ बजेतिर नहरमा पौडि खेल्ने क्रममा करिब ११ वर्षका बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । पौडी खेल्न भनि नहरमा दुई जनाले हाम फालेको र उनिहरु नहरमा डुब्न थालेको थाहा पाएपछि स्थानीयले एक बालकको उद्धार गरेको तर अर्का बालक भने नहरमा बेपत्ता भएपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । स्थानीयले उद्धार गरेर नहरबाट बाहिर निकालेपछि ती बालक फरार भएपछि मृत बालकको पहिचान खुृल्न समस्या भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भण्डारीले बताउनुभयो । उहाँले थप्नुभयो, ‘‘मृतक बालक को हुन् रु भन्ने अझै पत्ता लागेको छैन, वरिपरिका गाउँमा खबर गरेर सनाखत गर्ने प्रयास जारी गरेका छौं ।’ अहिले गर्मीको मौसम भएको र बिदाका दिन बालकहरु नहर तथा खोला र तलाउमा पौडी खेल्न जाने गरेकोेले अभिभावकले सचेत भएर सो तर्फ ध्यान दिन आग्रह गरिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...