काठमाडौं । बाँके जिल्लाको कोहलपुर नगरपालिका ६ रझेनामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
शनिबार विहान ८ बजेतिर नहरमा पौडि खेल्ने क्रममा करिब ११ वर्षका बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । पौडी खेल्न भनि नहरमा दुई जनाले हाम फालेको र उनिहरु नहरमा डुब्न थालेको थाहा पाएपछि स्थानीयले एक बालकको उद्धार गरेको तर अर्का बालक भने नहरमा बेपत्ता भएपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । स्थानीयले उद्धार गरेर नहरबाट बाहिर निकालेपछि ती बालक फरार भएपछि मृत बालकको पहिचान खुृल्न समस्या भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भण्डारीले बताउनुभयो । उहाँले थप्नुभयो, ‘‘मृतक बालक को हुन् रु भन्ने अझै पत्ता लागेको छैन, वरिपरिका गाउँमा खबर गरेर सनाखत गर्ने प्रयास जारी गरेका छौं ।’ अहिले गर्मीको मौसम भएको र बिदाका दिन बालकहरु नहर तथा खोला र तलाउमा पौडी खेल्न जाने गरेकोेले अभिभावकले सचेत भएर सो तर्फ ध्यान दिन आग्रह गरिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । गोरखापत्र