घाइते अवस्थामा बाघ देखा परेपछि वनमा प्रवेश निषेध

Published on

काठमाडौं । शुक्लाफाँटा नगरपालिका(८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्रमा प्रवेश रोक लगाइएको छ । सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखा परेकाले वन क्षेत्रमा प्रवेश रोक लगाइएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।

“घाइते बाघले जुनसुकै बेला पनि आक्रमण गर्न सक्ने भएकाले उपभोक्तालाई वन क्षेत्रमा जान रोक लगाएका हौँ”, उहाँले भन्नुभयो, “बाघ के कति कारणले घाइते भएको हो भन्ने बारे जानकारी हुन सकेको छैन ।” चुरे क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन बाघ लगायतका जनावरको बासस्थानका रुपमा रहेको छ । शुक्रबार मात्रै सो सामुदायिक वन क्षेत्रसँग जोडिएको भगवती सामुदायिक वनमा घाँस काटन गएका अन्दाजी २८ वर्षीय रवीन्द्र धामीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । धामीको टाउको र हातमा गम्भीर चोट लागेपछि उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएको छ । रासस

ताजा समाचार

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

काठमाडौं । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की...

प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ...

चितवनको विद्युत् समस्या अन्त्य हुँदै

काठमाडौं । पश्चिम चितवनको देवनगरमा निर्माण भएर पनि सञ्चालन हुन नसकेको विद्युत्को सबस्टेसन शनिबारबाट...

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

काठमाडौं । जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित हुनुभएको छ...