उच्च सुरक्षा टोलीद्वारा मतदानस्थलको निरीक्षण

Published on

काठमाडौं । इलाम निर्वाचन क्षेत्र नं। २ का मतदानस्थलमा उच्च सुरक्षा अधिकारीको टोलीले निरीक्षण गरेको छ । उपनिर्वाचनलाई शान्तिपूण र भयरहित बनाउन इलाम २ का मतदान केन्द्रमा केन्द्रमा उच्च सुरक्षा निकायको संयुक्त टोलीले अनुगमन तथा निरीक्षण गरेको हो ।

नेपाली सेनाको २१ नम्बर बाहिनीका प्रमुख सहायक रथी युवधिरमानसिं अधिकारी, नेपाल प्रहरीका कोशी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङ, शसस्त्र प्रहरीका डिआइजी अन्जनीकुमार पोखरेलसहित राष्ट्रिय अनुसन्धनको संयुक्त टोलीले इलाम महेन्द्ररत्न बहुमुखी क्यापससहितका मतदान केन्द्रमा पुगेर अनुगमन गर्नुभएको छ । प्रदेश प्रहरीका एसपी भिम दाहालसँगै इलामका सबै सुरक्षा निकायका प्रमुखले मतदान केन्द्रको अवलोकन गर्नुभएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी यादव, इलामका एसपी बासुदेव खतिवडा, सशस्त्र प्रहरी बलका एसपी प्रदिप खड्का राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक तुलसीर प्रसाईं, रणसार्दुल गण इलामका गणपति प्रल्हाद घले सहभागी टिमले अनुगमन गर्नुभएको छ । जिल्लाका ६ पालिका भित्रका ४२ वटा वडामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । निर्वाचन क्षेत्रका तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाका हिसावले सबै मतदान केन्द्रलाई संबेदनशील मानिएको छ । १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेकोमा हालसम्ममा ३७ हजार (३० प्रतिशत) मत खसेको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...