मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिनुहुने

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शनिबार विश्वासको मत लिनु हुने भएको छ ।

गठबन्धन दल नेकपा (एमाले) ले आज विश्वासको मत नदिने अडान लिएपछि उहाँले भोलि विश्वासको मत लिने तयारी गर्नुभएको हो । यसअघि, आज बेलुका ५ बजे विश्वासको मत लिने तय भएको थियो । तर, उहाँले विश्वासको मत नपाउने अवस्था बनेपछि आज बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको छ । अर्को बैठक भोलि बेलुका ५ः३० बजे बोलाइएको छ ।

नेकपा (एकीकृत समाजवादी) का सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनु भएका उहाँले एक महिनाभित्रै सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । एमालेको केही कुरा नमिलेका कारण मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम एक दिन पछाडि सरेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता प्रकाश रावलले जानकारी दिनुभयो । “शनिबार साढे ५ बजे मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुहुन्छ”, उहाँले भन्नुभयो ।

यसैबिच नागरिक उन्मुक्ति पार्टीले पनि मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन आफ्ना पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यका लागि ह्वीप जारी गरेको छ । सो पार्टीको प्रदेश संसदीय दलले शुक्रबार विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत नदिन उर्दी जारी गरेको हो । नागरिक उन्मुक्ति पार्टीको सात जना प्रदेश सभा सदस्य रहेकोमा कैलाश चौधरी र टीका थापाले मुख्यमन्त्रीलाई समर्थन जनाउनु भएको छ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर भनिएका दुवै जनाले मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नु भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षधर पाँच जना प्रदेश सभा सदस्यले भने सरकारलाई समर्थन जनाएका छैनन् । सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्त गर्नका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...