वेस्ट इन्डिजविरुद्ध सिरिजको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

Published on

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा जितका लागि एक सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यससँगै सिरिज वेस्ट इन्डिजले ३–२ ले जितेको छ । नेपालका लागि अनिल शाहले ५८ र आशिफ शेखले ५१ रनको अर्धशतकीय पाली खेल्नुभयो । कुशल मल्लले अविजित ३७ र कुशल भुर्तेलले १३ रन बनाउनुभयो । बलिमा वेस्ट इन्डिजका ओवेड म्याक्वेले तीन तथा म्याथ्यु फर्डले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जे अविजित ४२ रन बनाउनुभयो । यस्तै कप्तान रोस्टन चेजले ३३, जोनसन चार्ल्सले २४, म्याथ्यु फर्डले २३ तथा कादिम अलीने र मार्क डेयलले समान ११ रन बनाउनुभयो । बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले तीन तीन विकेट लिनुभयो । अविनाश बोहराले एक विकेट झार्नुभयो । पाँच खेलको सिरिजमा यसअघिनै वेस्ट इन्डिज ‘ए’ ३–१ ले जितिसकेको थियो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...