वार्षिकोत्सवमा पत्रकार तथा कर्मचारी सम्मानित

Published on

काठमाडौं । गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न पत्रकार तथा कर्मचारी सम्मानित हुनुभएको छ ।

पत्रकार तथा कर्मचारीलाई सोमबार राष्ट्रिष्य सभागृहमा आयोजित विशेष समारोहविच सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्मा, सञ्चार सचिव रामकृष्ण सुवेदी, गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीलगायतले सम्मान गर्नुभयो । सम्मानित हुनेमा उत्कृष्ट कर्मचारी सम्मान सहसम्पादक राजेश चाम्लिङ राईलाई प्रदान गरिएको छ । प्राविधिकतर्फ उत्कृष्ट कर्मचारी सम्मान प्रबन्धक जुजुकाजी रञ्जित, प्रशासनतर्फ वरिष्ठ सहायक सङ्गीता खड्कालाई प्रदान गरिएको छ । यस्तै उपत्यका समाचारदाता सरोज ढुङ्गेल (गोरखापत्र), नायक पौडेल (दी राइजिङ नेपाल) र मनोजरत्न शाही (अनलाइन संस्करण) लाई प्रदान गरिएको छ । गोरखापत्र समाचारदाता कोशी प्रदेशबाट प्रेमप्रसाद अधिकारी, मधेश प्रदेशबाट जिवछ यादव, बागमतीबाट केदारनाथ तिमल्सिना, गण्डकीबाट अर्जुन काफ्ले, लुम्बिनीबाट दिवाकर पोख्रेल, कर्णालीबाट राजु लामिछाने र सुदूरपश्चिमबाट चाँदनी आचार्य उत्कृष्ट समाचारदाताका रूपमा पुरस्कृत हुनुभएको छ ।

यसैगरी ुरामचन्द्र इन्दु गौतम पत्रकारिता पुरस्कारु पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले स्थापना गरेको यस पुरस्कारको राशी ५० हजार रुपियाँ र सम्मानपत्र रहेको छ । २०५२ सालदेखि पत्रकारिता गर्दै आउनुभएकी पत्रकार शर्मा हाल दक्षिण एसियाली पत्रकार महिला सञ्जाल नेपालका अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासङ्घका सल्लाहकार पनि हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले प्रदान गर्ने गोरखापत्र पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक सरोज अधिकारी र फोटो पत्रकार शेखर चौलागाईंलाई प्रदान गरिएको छ । यस्तै गोरखापत्र क्रियाशील पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्र र गोरखापत्र अनलाइन संस्करणका उपसम्पादक लोकबहादुर चौधरी ९लक्की० लाई प्रदान गरिएको छ । यसैगरी प्रतिष्ठान शाखाले प्रदान गर्दै आएको सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका उपसम्पादक अजय शर्मा र दी राइजिङ नेपालमा कार्यरत समाचारदाता इन्दिरा अर्याललाई प्रदान गरिएको छ । उहाँहरू दुवैलाई पाँच हजार रुपियाँ र सम्मानपत्रसहित पुरस्कृत गरिएको छ ।

यस्तै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन गोरखापत्र संस्थानबाट वरिष्ठ प्राविधिक अधिकृत विमलादेवी घिमिरे, कार्यालय सहयोगीद्वय सुकराम महर्जन र लता पौडेललाई जागरुक जनसेवक सम्मान प्रदान गरिएको छ । कार्यक्रममा गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७ ले कार्यालय सहयोगी रामकृष्ण श्रेष्ठ र वितरक राजन केसीलाई गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरस्कृत गरेको छ । यस्तै गोरखापत्र संस्थान कर्मचारी सङ्घ–२०५२ ले नगद तथा सामान्य लेखा शाखामा कार्यरत सहायक कम्प्युटर अधिकृत रमा मोक्तान र ग्राहक सेवा शाखामा वितरक पदमा कार्यरत राजेन्द्रप्रसाद चौधरीलाई ‘जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार’ प्रदान गरेको छ । उहाँहरूलाई जनही सात हजार ५५२ रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।

१९ जनालाई दीर्घ सेवा पदक

यसैगरी संस्थानमा २५ वर्ष सेवा पूरा गरेका १९ कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको छ । सम्मानित हुनेमा कार्यकारी सम्पादक उमेशकुमार ओझा, नायव कार्यकारी सम्पादकहरु रमेशकुमार लम्साल, तुलसीहरी कोइराला, डम्बरजङ्ग डाँगी, पुष्पराज जोशी, ऋतुराज सुवेदी र त्रिभुवनचन्द्र वाग्ले हुनुहुन्छ । यस्तै दीर्घ सेवा पदक पाउनेमा प्रबन्धक जुजुकाजी रञ्जित र नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत उमेशकुमार कार्की, वरिष्ठ वितरण अधिकृत रमिता प्रसाई, सहायक कम्प्युटर अधिकृत प्रजित शाक्य, प्रशासन अधिकृत ज्योती खड्का, ब्यापार अधिकृत विष्णुप्रसाद खनाल, वरिष्ठ सहायक बोमबहादुर रायमाझी, कार्यालय सहयोगी खुवाप्रसाद रिमाल, शंकर थापा, दुर्गाप्रसाद पन्त र अनु पोडे हुनुहुन्छ ।

ताजा समाचार

अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल...

कर्णाली सरकार : कांग्रेसको सहभागिता अझै अनिश्चित

काठमाडौं । कर्णाली प्रदेश सरकारले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । नेकपा...

दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना

काठमाडौं । तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप...

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...