बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक : मुख्यमन्त्री कँडेल

Published on

काठमाडौं । कर्णली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित दुई दिने दोस्रो ‘नेपाल सेल्टर फोरम’ को छलफलका क्रममा उहाँले मनसुन नजिकिदै गर्दा पनि कर्णाली प्रदेशका भूकम्पपीडित पालमुनी नै बस्न बाध्यता भएको भन्दै अस्थायी आवास निर्माण छिटो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अस्थायी आवास निर्माणका लागि भूकम्पपीडितले अझै राहत पाउन नसकेको बताउनुभयो । “केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यमा चाँडोभन्दा चाँडो अस्थायी आवास निर्माण अघि बढाउन आवश्यक भइसकेको छ”, उहाँले भन्नुभयो । अहिले देशभर विभिन्न विपद्का घटना भइरहेको भन्दै उहाँले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । “देशका विभिन्न स्थानमा डढेलोको समस्या छ, बर्खामा बाढीको जोखिम पनि उत्तिकै छ । बर्खा सुरु हुँदा पनि भूकम्पपीडितले राहत पाएका छैनन् । के अब बर्खामा चुहिने पालमुनी बसेरै कर्णालीका भूकम्पपीडितले रात बिताउनुपर्ने हो रु”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री कँडेलले विपद् व्यवस्थापनका लागि कानुन र नियम सहयोगी नभएको समेत बताउनुभयो । उहाँका अनुसार जाजरकोटका केही भूकम्पपीडितले अहिले पनि अस्थायी आवास वापातको रु ५० हजार पाउन सकेका छैनन् । उहाँले कर्णली प्रदेशमा प्रति एक लाखमा पाँच जनाको मृत्यु विपद्का कारण हुने गरेको भन्दै विपद् प्रतिकार्य कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिन आवश्यक रहेको समेत बताउनुभयो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...