तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

Published on

काठमाडौं । जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा दुई सय ५० जना दर्शक बस्नसक्ने प्यारापिट निर्माण भएको छ ।

व्यास नगरपालिकाको रु ३० लाख आर्थिक सहयोगमा एक हजार एक सय २७ वर्गफिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ । प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ , उक्त खेलमैदानलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबललगायत खेल प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको बिपी वनबाटिक खेलमैदान निर्माण समितिका अध्यक्ष भुवन गोशलीले बताउनुभयो । यसअघि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित रङ्गशालामा प्यारापिट निर्माण भएको थियो । तीन हजार दर्शक क्षमताको उक्त प्यारापिट कूल रु ५२ लाख ८४ हजार दुई सय लागतमा निर्माण भएको हो । प्यारापिट बनाउन भिमाद नगरपालिकाको रु ४६ लाख ८० हजार र स्थानीयले रु छ लाख चार हजार दुई सय सहयो गरेका थिए । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...