तनहुँमा चलचित्र निर्माण कार्यशाला

Published on

काठमाडौं । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ ।

दोस्रो विश्वयुद्धमा रणकौशल प्रदर्शन गरेर भिक्टोरिया क्रसबाट सम्मान्ति नेत्रबहादुर थापा मगरको गाउँलाई प्रवद्र्धन तथा आदिवासी चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यशालामा छवटा लघु चलचित्र निर्माण गरिएको छ । चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा आदिवासी जनजाति चलचित्र महासङ्घको सहकार्यमा कार्यशाला आयोजना गरिएको हो । कार्यशाला उद्घाटनसत्रमा भिमाद नगरपालिका–२ रघुगाउँका अध्यक्ष दिनेश थापा मगरले यहाँ आयोजित कार्यशालाको माध्यमबाट रघुगाउँको प्रवद्र्धन हुनुका साथै हाम्रा संस्कार, संस्कृति चलचित्रमा उतारिएको बताउनुभयो ।

पाँचदिने कार्यशालामा आदिवासी जनजाति महासङ्घमा आबद्ध चलचित्रकर्मीमध्ये बाराबाट खगेन्द्र थामी, चितवनबाट नेत्र गुरुङको सहभागिता रहेको थियोभने कुमाल समुदायबाट छविलाल कुमाल सहभागी हुनुभएको थियो । पच्चीस सहभागीमध्येबाट छनोट भएका छवटा कथा समेटेर रघुगाउँका विभिन्न ठाउँमा छायाङ्कन गरिएको थियो । रासस

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...