तनहुँमा चलचित्र निर्माण कार्यशाला

Published on

काठमाडौं । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ ।

दोस्रो विश्वयुद्धमा रणकौशल प्रदर्शन गरेर भिक्टोरिया क्रसबाट सम्मान्ति नेत्रबहादुर थापा मगरको गाउँलाई प्रवद्र्धन तथा आदिवासी चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यशालामा छवटा लघु चलचित्र निर्माण गरिएको छ । चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा आदिवासी जनजाति चलचित्र महासङ्घको सहकार्यमा कार्यशाला आयोजना गरिएको हो । कार्यशाला उद्घाटनसत्रमा भिमाद नगरपालिका–२ रघुगाउँका अध्यक्ष दिनेश थापा मगरले यहाँ आयोजित कार्यशालाको माध्यमबाट रघुगाउँको प्रवद्र्धन हुनुका साथै हाम्रा संस्कार, संस्कृति चलचित्रमा उतारिएको बताउनुभयो ।

पाँचदिने कार्यशालामा आदिवासी जनजाति महासङ्घमा आबद्ध चलचित्रकर्मीमध्ये बाराबाट खगेन्द्र थामी, चितवनबाट नेत्र गुरुङको सहभागिता रहेको थियोभने कुमाल समुदायबाट छविलाल कुमाल सहभागी हुनुभएको थियो । पच्चीस सहभागीमध्येबाट छनोट भएका छवटा कथा समेटेर रघुगाउँका विभिन्न ठाउँमा छायाङ्कन गरिएको थियो । रासस

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...