सुन तोलामा आठ सयले घट्यो

Published on

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार छ सय निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । बुधबार तोलामा रु एक हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि रु एक हजार छ सय ८५ निर्धारण भएको छ । रासस

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...