नीति तथा कार्यक्रम जेठ १ गते

Published on

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत गर्ने भएको छ । नीति र कार्यक्रम राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशनमा प्रस्तुत हुने छ ।

संवैधानिक व्यवस्थाबमोजिम सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते नीति तथा कार्यक्रम वाचन गरी संसद्मा प्रस्तुत गर्नुहुने छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्री शर्माका अनुसार मन्त्रीपरिषद्ले प्रहरी नायब महानिरीक्षक उमेशप्रसाद जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै अन्तर्राष्ट्रिय क्रिकेट, कराँते, तेक्वान्दो, कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय भएको छ । समाज कल्याण परिषद्को रिक्त उपाध्यक्षमा नन्दलाल माझीलाई मनोनयन गर्ने निर्णय भएको छ । यस्तै मन्त्रीपरिषद् बैठकले भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...