रङ्गशालामा विश्वकप छनोट खेल हुनेमा शङ्का

Published on

काठमाडौं । एएफसीले दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएपछि अर्को महिना यसै मैदानमा विश्वकप छनोट अन्तर्गत नेपालले युएईविरुद्ध खेल्ने खेल हुनेमा शङ्का उत्पन्न भएको छ । एएफसीका पदाधिकारीले रङ्गशालाको निरीक्षणपछि विभिन्न पक्षमा प्रश्न उठाएका थिए ।

यसबिच दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले शुव्रmबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई आवश्यक कागजात उपलब्ध गराएको छ । फिफा विश्व कप छनोट र एसियाली छनोटको खेल दशरथ रङ्गशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रङ्गशालाको अवस्थाबारे एएफसीले प्रारम्भिक अनुगमनपश्चात् माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो । उक्त विवरण शुव्रबारै एन्फाले एएफसीमा पठाउने तयारी गरेको छ । एएफसीले एन्फालाई दुवै छनोट प्रतियोगिताका खेल खेलाउन दशरथ रङ्गशाला उपयुक्त हुने आधारसहित चार बुँदे विवरण माग गरेको थियो । एएफसीले एन्फालाई स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु दी स्टेडियमका विषयमा जानकारी माग गरेको थियो । सो विषयमा एन्फाले राखेपलाई एएफसीमा पठाउन विवरण माग गरेकोमा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययनपश्चात् तयार पारेको सम्पूर्ण विवरण एन्फालाई दिएको हो ।

बिहीबार मात्रै संसदीय व्यवस्था समितिमा दशरथ रङ्गशालाको अवस्थाबारे प्रश्न उठ्दा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले यही हप्ताभित्र विवरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सदस्य–सचिव टङ्कलाल घिसिङको उपस्थितिमा राखेप अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विवरण हस्तान्तरण गर्नुभयो ।

spot_img

ताजा समाचार

‘पार्टी विधानले महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र दिएको छ’

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनै...

चीन-अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ उपग्रह प्रक्षेपण

काठमाडौं । चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू-संवेदन उपग्रह’ सफलतापूर्वक...

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज...