मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित

Published on

काठमाडौं । सरकारले १६ औँ पञ्चवर्षीय योजना पारित गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले १६ औँ पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औँ योजना पनि पारित गर्ने निर्णय गरेको बताउनुभयो । त्यस्तै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम पनि पारित गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपतिज्यूद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न आह्वान गर्नुभएको थियो, त्यसबारेमा छलफल भयो । नीति तथा कार्यक्रम मन्त्रीपरिषद्को बैठकले पारित गरेको छ ।

आर्थिक वर्ष अगावै १६ औँ पञ्चवर्षीय योजना जुन छ, राष्ट्रिय योजना आयोगबाट तयार भएको विभिन्न चरणमा छलफल भएर १६ औँ योजना पनि पारित गर्ने निर्णय भयो ।’ सरकारको तर्फबाट आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...