राष्ट्रिय महिला टी–२० : एपिएफ एक खेल अगावै फाइनलमा

Published on

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साबिक विजेता एपिएफ एक खेल अगावै फाइनलमा पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार लगातार तेस्रो जित निकाल्ने क्रममा एपिएफले आयोजक ललितपुर मेयर–११ लाई आठ विकेटले हरायो । जितसँगै एपिएफले तीन खेलबाट ६ अङ्क बनाएको छ । पराजित ललितपुरको समान खेलबाट दुई अङ्क छ । जितका लागि ललितपुरले दिएको ७१ रनको लक्ष्य एपिएफले ९.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । एपिएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक ५० रन बनाउनुभयो । ममता चौधरीले १६ रन जोड्नुभयो । बलिङमा ललितपुरकी किर्तिका मरासिनीले दुई विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ७० रन बनाएको थियो । ललितपुरका लागि पूजा महतोले २४ र ज्योत्निका मरासिनीले २१ रन बनाउनुभयो । बलिङमा एपिएफकी रेखा रावल र सीता रानामगरले एक एक विकेट लिनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...