राष्ट्रिय महिला टी–२० : एपिएफ एक खेल अगावै फाइनलमा

Published on

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साबिक विजेता एपिएफ एक खेल अगावै फाइनलमा पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार लगातार तेस्रो जित निकाल्ने क्रममा एपिएफले आयोजक ललितपुर मेयर–११ लाई आठ विकेटले हरायो । जितसँगै एपिएफले तीन खेलबाट ६ अङ्क बनाएको छ । पराजित ललितपुरको समान खेलबाट दुई अङ्क छ । जितका लागि ललितपुरले दिएको ७१ रनको लक्ष्य एपिएफले ९.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । एपिएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक ५० रन बनाउनुभयो । ममता चौधरीले १६ रन जोड्नुभयो । बलिङमा ललितपुरकी किर्तिका मरासिनीले दुई विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ७० रन बनाएको थियो । ललितपुरका लागि पूजा महतोले २४ र ज्योत्निका मरासिनीले २१ रन बनाउनुभयो । बलिङमा एपिएफकी रेखा रावल र सीता रानामगरले एक एक विकेट लिनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...