कांग्रेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा राई

Published on

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्र नं। १ सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरानमा भएको महासङ्घको प्रथम अधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो । उहाँसँगै अन्य पदाधिकारी, सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत सर्वसम्मत निर्वाचित हुनुभएको छ । उपसभापतिद्वयमा इन्दु राजधामी र सन्तोष राई, सचिवद्वयमा सरिता मोक्तान र उज्ज्वल हलवाई, सहसचिवद्वयमा रामबहादुर श्रेष्ठ र रिजन तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा गीता श्रेष्ठ, दिपेश राई, रतन गुरुङ, सगुन लिम्बु, पुकार तामाङ, मोहित राई, दिलकृष्ण तामाङ, धनमाया लिम्बु, सङ्गीता सुनुवार लिम्बु र निर्मला राई रहनुभएको छ । अधिवेशनले सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू तिलकबहादुर सुनुवार, राजदीप लामा, राजकुमार भुजेल, मन्जिल कसजु, रमिना सुब्बा र रमिता श्रेष्ठ रहेको छ ।

निर्वाचित सबैलाई मतदान अधिकृत इन्द्रमोहन झाले शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो । नवनिर्वाति सभापति राईले गरिमामय सभापतिको जिम्मेवारी सुम्पिनु भएकोमा नेतृत्व वर्गलाई धन्यवाद ज्ञापन गर्दै आफूप्रतिको विश्वासमा आवाञ्छित आरोप आउने कुनैपनि गतिविधि नगरी पार्टीको आदर्शबाट अविचलित रही समग्र आदिवासी जनजाति समुदायलाई पार्टीसँग जोड्दै समुदायको हकहीतका लागि प्रतिबद्ध भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा १९२० सभापति मुरारी भट्टराई, महासमिति सदस्य जगतबहादुर कार्की, महाधिवेशन प्रतिनिधिद्वय ललिता अधिकारी शर्मा र पूजा धामीलगायतका नेताहरूको उपस्थिति रहेको थियो । गोरखापत्र

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...