अमरसिंह थापाको नयाँ सालिक राखिँदै

Published on

काठमाडौं । खलङ्गास्थित ढुङ्गे अमरगढी किल्लामा रहेको बडाकाजी अमरसिंह थापाको पुरानो सालिक हटाई नयाँ राखिने भएको छ । सो सालिकको अनुहार थापाको अनुहारसँग नमिल्ने भएकाले हटाएर नयाँ राखिने भएको हो । नेपाली सेना रणबम गणले पुरानो सालिक हटाई नयाँ सालिक स्थापना गर्न लागेको अमरगढी किल्ला क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरूले जानकारी दिनुभयो । अङ्ग्रेजसँगको लडाइँका लागि निर्माण गरिएको ढुङ्गे अमरगढी किल्लामा प्रथम बडाकाजी अमरसिंह थापा आउनुभएको इतिहास छ । अमरगढी किल्लाकै नामबाट नगरपालिकाको नामकरण गरिएको थियो । तत्कालीन पाँच वटा गाविसलाई गाभेर २०५३ सालमा अमरगढी नगरपालिका बनाइएको थियो । नगरपालिकाको स्थापनापछि अमरगढी किल्लाको प्रवेशद्वारमा अमरसिंह थापाको सालिक स्थापना गरिएको हो । सो सालिकको अनुहार थापासँग नमिलेको भन्दै हाल परिर्वतन गरिन लागेको रणबम गणका गणपति उज्ज्वल थापाले बताउनुभयो । उहाँका अनुसार रणबम गणका जवानले अमरगढी किल्लामा सरसफाइ गरेका छन् ।

श्री ५ रणबहादुर शाहको शासनकाल विसं १८४७ भदौ ३१ गते नेपाल एकीकरण सिलसिलामा डोटेली राज्यको नारिदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्य राज्यमा गाभिएको इतिहास रहेको छ । नारिदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा १० कम्पनीका सैनिक जवानले डोटेली राज्यसँग घमासान युद्ध गरेका थिए । युद्धमा गोर्खाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी अमरसिंह थापा प्रथम प्रशासकका रूपमा आउनुभएको थियो । ढुङ्गे किल्लाको निर्माण अमरसिंह थापा, काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुब्बा जोगनारायण मल्ल, सुब्बा फौदसिंह, सुग्विर खत्रीलगायतका सैनिक कमान्डरले १८ औँ शताब्दीमा गर्नुभएको बताइएको छ । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...