अमरसिंह थापाको नयाँ सालिक राखिँदै

Published on

काठमाडौं । खलङ्गास्थित ढुङ्गे अमरगढी किल्लामा रहेको बडाकाजी अमरसिंह थापाको पुरानो सालिक हटाई नयाँ राखिने भएको छ । सो सालिकको अनुहार थापाको अनुहारसँग नमिल्ने भएकाले हटाएर नयाँ राखिने भएको हो । नेपाली सेना रणबम गणले पुरानो सालिक हटाई नयाँ सालिक स्थापना गर्न लागेको अमरगढी किल्ला क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरूले जानकारी दिनुभयो । अङ्ग्रेजसँगको लडाइँका लागि निर्माण गरिएको ढुङ्गे अमरगढी किल्लामा प्रथम बडाकाजी अमरसिंह थापा आउनुभएको इतिहास छ । अमरगढी किल्लाकै नामबाट नगरपालिकाको नामकरण गरिएको थियो । तत्कालीन पाँच वटा गाविसलाई गाभेर २०५३ सालमा अमरगढी नगरपालिका बनाइएको थियो । नगरपालिकाको स्थापनापछि अमरगढी किल्लाको प्रवेशद्वारमा अमरसिंह थापाको सालिक स्थापना गरिएको हो । सो सालिकको अनुहार थापासँग नमिलेको भन्दै हाल परिर्वतन गरिन लागेको रणबम गणका गणपति उज्ज्वल थापाले बताउनुभयो । उहाँका अनुसार रणबम गणका जवानले अमरगढी किल्लामा सरसफाइ गरेका छन् ।

श्री ५ रणबहादुर शाहको शासनकाल विसं १८४७ भदौ ३१ गते नेपाल एकीकरण सिलसिलामा डोटेली राज्यको नारिदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्य राज्यमा गाभिएको इतिहास रहेको छ । नारिदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा १० कम्पनीका सैनिक जवानले डोटेली राज्यसँग घमासान युद्ध गरेका थिए । युद्धमा गोर्खाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी अमरसिंह थापा प्रथम प्रशासकका रूपमा आउनुभएको थियो । ढुङ्गे किल्लाको निर्माण अमरसिंह थापा, काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुब्बा जोगनारायण मल्ल, सुब्बा फौदसिंह, सुग्विर खत्रीलगायतका सैनिक कमान्डरले १८ औँ शताब्दीमा गर्नुभएको बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...