बबईको पानी तुलसीपुर ल्याइँदै

Published on

काठमाडौं । दाङ जिल्लाको दक्षिणी क्षेत्र भएर बग्ने बबई नदीको पानी लिफ्टिङ प्रविधिबाट तुलसीपुर ल्याउन थालिएको छ । तुलसीपुरको उत्तरी क्षेत्रका मुहान सुक्दै गएपछि बबईको पानी ल्याउन थालिएको हो । तुलसीपुर उपमहानगरपालिकाको बजार र ग्रामीण क्षेत्रका वडामा खानेपानी वितरण गर्दै आएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ५६ करोड ८० लाखको लागतमा पानी ल्याउन थालेको हो ।

संस्थाले ३, ४, ५, ६, ७, ८, ९, १० र ११ नम्बर वडामा दस हजार सात सय धारा वितरण गरेको छ । संस्थाका सचिव सेवकराम भण्डारीका अनुसार बबईको पानी तुलसीपुरमा ल्याएपछि थप चार हजार सात सय धारा वितरण गर्न सकिने बताउनुभयो । संस्थाले हाल १२ वटा बोरिङ र सात वटा मुहानबाट प्राप्त भएको पानी वितरण गर्दै आएको छ । संस्थाका सचिव भण्डारीका अनुसार बबई नदीको पानीलाई लिफ्टिङ प्रविधिबाट ११ किलोमिटर उत्तरतर्फ तुलसीपुर बजार क्षेत्रमा ल्याएर वितरण गरिने छ । सचिव भण्डारीले बबईको पानी ल्याएपछि बजार क्षेत्रमा २० वर्षसम्म निर्धक्क भएर खानेपानी सहजै वितरण गर्न सकिने बताउनुभयो । हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ भने २०८२ असार महिनासम्म बबईको पानी उपभोक्ताको घरसम्म पु¥याइने योजना छ । बबई नदीको पानीलाई घोराही खानेपानी उपभोक्ता तथा संस्थाले समेत लिफ्टिङ प्रविधिबाट बजार क्षेत्रमा ल्याउने कामको सुरुवात गरेको संस्थाका अध्यक्ष देवीबहादुर डिसीले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...