बबईको पानी तुलसीपुर ल्याइँदै

Published on

काठमाडौं । दाङ जिल्लाको दक्षिणी क्षेत्र भएर बग्ने बबई नदीको पानी लिफ्टिङ प्रविधिबाट तुलसीपुर ल्याउन थालिएको छ । तुलसीपुरको उत्तरी क्षेत्रका मुहान सुक्दै गएपछि बबईको पानी ल्याउन थालिएको हो । तुलसीपुर उपमहानगरपालिकाको बजार र ग्रामीण क्षेत्रका वडामा खानेपानी वितरण गर्दै आएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ५६ करोड ८० लाखको लागतमा पानी ल्याउन थालेको हो ।

संस्थाले ३, ४, ५, ६, ७, ८, ९, १० र ११ नम्बर वडामा दस हजार सात सय धारा वितरण गरेको छ । संस्थाका सचिव सेवकराम भण्डारीका अनुसार बबईको पानी तुलसीपुरमा ल्याएपछि थप चार हजार सात सय धारा वितरण गर्न सकिने बताउनुभयो । संस्थाले हाल १२ वटा बोरिङ र सात वटा मुहानबाट प्राप्त भएको पानी वितरण गर्दै आएको छ । संस्थाका सचिव भण्डारीका अनुसार बबई नदीको पानीलाई लिफ्टिङ प्रविधिबाट ११ किलोमिटर उत्तरतर्फ तुलसीपुर बजार क्षेत्रमा ल्याएर वितरण गरिने छ । सचिव भण्डारीले बबईको पानी ल्याएपछि बजार क्षेत्रमा २० वर्षसम्म निर्धक्क भएर खानेपानी सहजै वितरण गर्न सकिने बताउनुभयो । हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ भने २०८२ असार महिनासम्म बबईको पानी उपभोक्ताको घरसम्म पु¥याइने योजना छ । बबई नदीको पानीलाई घोराही खानेपानी उपभोक्ता तथा संस्थाले समेत लिफ्टिङ प्रविधिबाट बजार क्षेत्रमा ल्याउने कामको सुरुवात गरेको संस्थाका अध्यक्ष देवीबहादुर डिसीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...