सभामुख घिमिरेले प्रमुख तीन दलका नेताहरूसँग छलफल गर्नुहुँदै

Published on

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक दल नेकपा (एमाले) का अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसद् बैठक सुचारु गर्ने विषयमा छलफल गर्ने हुनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे सभामुख घिमिरेले दुवै अध्यक्षहरूसँग छलफल गर्ने समय निर्धारण भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी मुद्दामा छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दैआएको छ । सोही कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बैठकमा आमन्त्रण गर्ने तयारी भएको अधिकारीले जानकारी दिनुभयो । संयुक्त बैठकबाट सदन सुचारु गर्ने वातावरण बन्ने विश्वास सभामुख घिमिरेको रहेको उहाँको भनाइ छ । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...